मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ
प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ

: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए।

उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोस्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ। साथै यस किसिमका गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारवाही हुनेछ। '

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र फाइभजी मोबाइल सेवा सुरु गर्ने तयारीलाई अघि बढाउन मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई चरणबद्ध कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएको छ । साथै देशभर फोरजी सेवाको विस्तार र गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै मोबाइल सेवाको समग्र स्तर उकास्न आठ बुँदे निर्देशन जारी गरिएको छ । प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार दूरसञ्चार ऐन, ...
। मेटाको एउटा एआई मोडलले साइबर सुरक्षा टेस्टको क्रममा अर्को कम्पनीको सिस्टम ह्याक गरेको छ। एन्थ्रोपिक र ओपनएआईमा भएका यस्तै घटनापछि मेटाको यो घटनाले एआई प्रणालीको नियन्त्रणबारे चिन्ता बढाएको छ। इररेगुलर नामक स्वतन्त्र कम्पनीले मेटाका लागि साइबर सुरक्षा मूल्याङ्कन गर्ने गर्छ। इररेगुलरको कन्फिगरेसन त्रुटिका कारण मेटाको एआई मोडलले इन्टरनेटमा पहुँच पाएको थियो। मेटाले एक विज्ञप्तिमा भनेको छ, ...
। एक प्रयोगकर्ताले बाल यौन शोषण सामग्री सेयर गरेपछि एप्पलले आफ्नो एप स्टोरबाट टेलिग्रामलाई केही समयका लागि हटाएको छ। टेलिग्रामले मङ्गलबार यो जानकारी दिएको हो। टेलिग्रामले उक्त सामग्री हटाएर सम्बन्धित प्रयोगकर्तालाई प्रतिबन्ध लगाएपछि एप स्टोरमा टेलिग्राम पुनः उपलब्ध भएको छ। एप्पलका प्रवक्ताले यो कुराको पुष्टि गरेका छन्। एप हटाउने र पुनः राख्ने काम एकै दिनमा भएको ...
। माइक्रोसफ्टले होटलका वाइफाइ नेटवर्क प्रयोग गर्दा सावधानी अपनाउन चेतावनी दिएको छ। रुस समर्थित ह्याकरहरूले होटल तथा सार्वजनिक ठाउँका वाइफाइ नेटवर्कलाई निसाना बनाइरहेका छन्। माइक्रोसफ्ट थ्रेट इन्टेलिजन्सका अनुसार यो आक्रमणमा ‘स्टोर्म-२९४५’ नामको ह्याकिङ समूह संलग्न छ। ह्याकरहरूले होटेल, विमानस्थल वा सम्मेलन हुने ठाउँका वाइफाइमा लगइन गर्दा देखिने ‘क्याप्टिभ पोर्टल’को दुरुपयोग गरिरहेका छन्। प्रयोगकर्ताहरू वाइफाइमा कनेक्ट हुन ...
गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो। यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ। अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड ...