मुख्य समाचार
नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित
नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित

: नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।


अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाउँदै हिट विकेटको रुपमा पेभेलियन फर्किए। उनले २५ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।

ओपनर ब्याटर अमिर जाङ्गो १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए। कप्तान अकिल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाउँदै क्याच भए।

वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतिमा वेष्टइन्डिजले १०० रन पूरा गर्‍यो।

पाँचौं ओभर बलिङ गरिरहँदा नन्दन यादव लडेका थिए। उनलाई लोअर ब्याकमा समस्या भएको देखिन्थ्यो। केही बेर फिजियोथेरपिष्टले उपचार गरेपछि उनले पुनः बलिङ गर्दै ४.५ ओभरमा अगष्टेको विकेट लिएका थिए। त्यसपछि भने नन्दनलाई मैदानमा देखिएन।

मैदानबाट बाहिरिँदा लोकेश बमले फिल्डिङ गरेका थिए। नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल, करण केसी,दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किँदा रोहित र कुशल मल्लले ५८ रनको साझेदारी गरेका थिए। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए।

सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेष्टइन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए। आज लेग सिपनर सन्दीप लामिछाने बेञ्चमा थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम