मुख्य समाचार
नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित
नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित

: नेपाल र वेष्टइन्डिजविरुद्ध भएको युनिटी कपको पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको छ। यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराएको हो।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त देशलाई हराएको हो। त्यतिमात्र होइन, २ पटकको विश्वकप विजेता टिमलाई नेपालले हराएको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको हो।


अन्तिम ओभरमा वेष्ट इन्डिजलाई जितका लागि २८ रन चाहिएको थियो। अन्तिम ओभर बलिङ गर्न दिपेन्द्र सिंह ऐरी आएका थिए। पहिलो बल डट हुँदा दोस्रो र तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले चौका भेटे। त्यसपछि लगातार २ बल डट भयो। अन्तिम बलमा बाउन्ड्रीमा रहेका कुशल भुर्तेलले उत्कृष्ट क्याच गरे।

वेस्ट इन्डिजका लागि नवीन विदेशीले सर्वाधिक २२ रन बनाउँदै हिट विकेटको रुपमा पेभेलियन फर्किए। उनले २५ बलमा समान १ चौका र १ छक्का प्रहार गरे।

ओपनर ब्याटर अमिर जाङ्गो १९, अकिम अगष्टेले १५ र केएसी कार्थीले १६ रन बनाए। कप्तान अकिल होसेनले ८ बलमा १ चौका र २ छक्कासहित १८ रन बनाउँदै क्याच भए।

वेस्ट इन्डिजले पावरप्लेमा २ विकेट गुमाउँदै ४० रन बनाएको थियो। १० ओभर सकिँदा ४ विकेटको क्षतिमा ५६ रन बनाएको थियो। १७ ओभरमा आएर ७ विकेटको क्षतिमा वेष्टइन्डिजले १०० रन पूरा गर्‍यो।

पाँचौं ओभर बलिङ गरिरहँदा नन्दन यादव लडेका थिए। उनलाई लोअर ब्याकमा समस्या भएको देखिन्थ्यो। केही बेर फिजियोथेरपिष्टले उपचार गरेपछि उनले पुनः बलिङ गर्दै ४.५ ओभरमा अगष्टेको विकेट लिएका थिए। त्यसपछि भने नन्दनलाई मैदानमा देखिएन।

मैदानबाट बाहिरिँदा लोकेश बमले फिल्डिङ गरेका थिए। नेपालका लागि बलिङमा कुशल भुर्तेलले २ विकेट लिँदा नन्दन यादव, रोहित पौडेल, करण केसी,दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३५ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख सस्तैमा पेभेलियन फर्किँदा रोहित र कुशल मल्लले ५८ रनको साझेदारी गरेका थिए। कुशल मल्लले ३० रन, गुल्सन झाले २२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए।

सोमपाल कामी ६ र नन्दन यादव ७ रनमा अविजित रहे। वेष्टइन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। डेब्युटेन्ट नवीन विदेशीले ३ विकेट लिए। कप्तान अकेल होसेनले १ विकेट लिए। आज लेग सिपनर सन्दीप लामिछाने बेञ्चमा थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम