मुख्य समाचार
एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान आज प्रतिस्पर्धा गर्दै
एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान आज प्रतिस्पर्धा गर्दै

: एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज बेलुका ८:१५ बजे प्रतिस्पर्धा गर्न लागेका हुन्।

४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन्। यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा भेट गरिसकेका छन्। दुवै पटक भारतले पाकिस्तानलाई हराएको छ। तेस्रो पटक भारतविरुद्ध पाकिस्तानले जित निकाल्न सक्ला कि नसक्ला यो भने आजको खेलले देखाउनेछ।

समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो। सुपरफोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्‍यो।


लिग चरण र सुपरफोरको खेल सकिइसक्दा भारत र पाकिस्तानको आइतबार राति हुने खेल उपाधिभन्दा राजनीतिक गतिविधिहरू मैदानमा देखिने सम्भावना छ। फाइनलसम्म आइपुग्दा धेरै कन्ट्रोभर्सीहरूको सामना गरेको यी दुई टिमले फाइनलमा कस्तो खालको खेल र कस्तो खालको व्यवहारहरू देखाउँछन् भन्ने चासोको विषय रहेको छ।

पाकिस्तानको लागि यो उपाधि निकै खास हुन सक्छ। रेकर्डमा पाकिस्तान भारतसँग निकै पछि छ। हालसम्म १५ वटा टी २० अन्तर्राष्ट्रिय खेलमध्ये १२ वटा खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

प्रतियोगितामा अन्डर डग रहँदै पाकिस्तानले नाटकीय रुपमा फाइनलमा प्रवेश गर्‍यो। ब्याटिङ र बलिङ दुवैमा पछिल्लो समय पाकिस्तान चल्न सकेन। विशेषत: ब्याटिङमा बाबर आजम र मोहम्मद रिज्वानलाई पाकिस्तानी समर्थक प्रायले सम्झिए। कारण हो, पाकिस्तानको नचलेको ब्याटिङ। फाइनलसम्म स्थान बनाउँदा पाकिस्तानले उत्कृष्ट ब्याटिङ लय समाउन सकेको छैन।

त्यसको ठीक, विपरीत भारतका लागि ब्याटिङ निकै राम्रो भइरहेको छ । अभिषेक शर्माले खेल्ने इनिङ्स भारतको प्रतिद्वन्दीहरूको टाउको दुखाएको विषय बन्ने गर्छ। उनले यो प्रतियोगिता अवधिभर टिमलाई चाहिए जसरी ब्याटिङ गरेका छन्। उनी र सुभ्मन गिलको ओपनिङ साझेदारीले आज पनि पाकिस्तानको टाउको दुखाउन सक्छ। भारतसँग ब्याकअप धेरै भएका कारण उनीहरूलाई ब्याटिङ र बलिङमा समस्या यो प्रतियोगिता अवधिभर देखिएको छैन।

युएईको पिचमा स्पिनरको जादु चल्छ। जहाँ कुलदिप यादवले त्यो प्रमाणित पनि गरेका छन्। उनलाई अक्षर पटेल र वरुण चक्रवर्तीको पनि राम्रो सहयोग मिलिरहेको छ। जसप्रीत बुमराह र शिवम दुबे फाइनलको खेलमा फर्किने नफर्किने भन्ने धेरैको चासोको विषय रहेको छ। शुक्रबार सुपरफोर अन्तर्गतको अन्तिम खेलमा यी दुई खेलाडीलाई आराम दिइएको थियो।

सुपरफोरको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

भारतको सम्भावित प्लेइङ ११:
अभिषेक शर्मा, शुभ्मन गिल,सूर्यकुमार यादव(कप्तान), तिलक बर्मा, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती र जसप्रति बुमराह

पाकिस्तानको सम्भावित प्लेइङ ११:
सहिबजादा फरहान, फखर जमान, सैम अयुब, हुसैन तलात, मोहम्मद नवाज, सलमान अघा (कप्तान), फहिम असरफ, मोहम्मद हरिस,शहिन शाह अफ्रिदी,हरिस रौफ र अवसर अहमद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...