मुख्य समाचार
एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान आज प्रतिस्पर्धा गर्दै
एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान आज प्रतिस्पर्धा गर्दै

: एसिया कप २०२५ को फाइनल खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार भारत र पाकिस्तानले उपाधिका लागि आज बेलुका ८:१५ बजे प्रतिस्पर्धा गर्न लागेका हुन्।

४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक भारत र पाकिस्तानले उपाधिको लागि भेट्दैछन्। यही संस्करणमा भारत र पाकिस्तानले लिग चरण र शीर्ष चारमा भेट गरिसकेका छन्। दुवै पटक भारतले पाकिस्तानलाई हराएको छ। तेस्रो पटक भारतविरुद्ध पाकिस्तानले जित निकाल्न सक्ला कि नसक्ला यो भने आजको खेलले देखाउनेछ।

समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो। सुपरफोरको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर्‍यो।


लिग चरण र सुपरफोरको खेल सकिइसक्दा भारत र पाकिस्तानको आइतबार राति हुने खेल उपाधिभन्दा राजनीतिक गतिविधिहरू मैदानमा देखिने सम्भावना छ। फाइनलसम्म आइपुग्दा धेरै कन्ट्रोभर्सीहरूको सामना गरेको यी दुई टिमले फाइनलमा कस्तो खालको खेल र कस्तो खालको व्यवहारहरू देखाउँछन् भन्ने चासोको विषय रहेको छ।

पाकिस्तानको लागि यो उपाधि निकै खास हुन सक्छ। रेकर्डमा पाकिस्तान भारतसँग निकै पछि छ। हालसम्म १५ वटा टी २० अन्तर्राष्ट्रिय खेलमध्ये १२ वटा खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

प्रतियोगितामा अन्डर डग रहँदै पाकिस्तानले नाटकीय रुपमा फाइनलमा प्रवेश गर्‍यो। ब्याटिङ र बलिङ दुवैमा पछिल्लो समय पाकिस्तान चल्न सकेन। विशेषत: ब्याटिङमा बाबर आजम र मोहम्मद रिज्वानलाई पाकिस्तानी समर्थक प्रायले सम्झिए। कारण हो, पाकिस्तानको नचलेको ब्याटिङ। फाइनलसम्म स्थान बनाउँदा पाकिस्तानले उत्कृष्ट ब्याटिङ लय समाउन सकेको छैन।

त्यसको ठीक, विपरीत भारतका लागि ब्याटिङ निकै राम्रो भइरहेको छ । अभिषेक शर्माले खेल्ने इनिङ्स भारतको प्रतिद्वन्दीहरूको टाउको दुखाएको विषय बन्ने गर्छ। उनले यो प्रतियोगिता अवधिभर टिमलाई चाहिए जसरी ब्याटिङ गरेका छन्। उनी र सुभ्मन गिलको ओपनिङ साझेदारीले आज पनि पाकिस्तानको टाउको दुखाउन सक्छ। भारतसँग ब्याकअप धेरै भएका कारण उनीहरूलाई ब्याटिङ र बलिङमा समस्या यो प्रतियोगिता अवधिभर देखिएको छैन।

युएईको पिचमा स्पिनरको जादु चल्छ। जहाँ कुलदिप यादवले त्यो प्रमाणित पनि गरेका छन्। उनलाई अक्षर पटेल र वरुण चक्रवर्तीको पनि राम्रो सहयोग मिलिरहेको छ। जसप्रीत बुमराह र शिवम दुबे फाइनलको खेलमा फर्किने नफर्किने भन्ने धेरैको चासोको विषय रहेको छ। शुक्रबार सुपरफोर अन्तर्गतको अन्तिम खेलमा यी दुई खेलाडीलाई आराम दिइएको थियो।

सुपरफोरको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई हराउँदै फाइनलमा स्थान बनाएको हो।

भारतको सम्भावित प्लेइङ ११:
अभिषेक शर्मा, शुभ्मन गिल,सूर्यकुमार यादव(कप्तान), तिलक बर्मा, सन्जु सामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती र जसप्रति बुमराह

पाकिस्तानको सम्भावित प्लेइङ ११:
सहिबजादा फरहान, फखर जमान, सैम अयुब, हुसैन तलात, मोहम्मद नवाज, सलमान अघा (कप्तान), फहिम असरफ, मोहम्मद हरिस,शहिन शाह अफ्रिदी,हरिस रौफ र अवसर अहमद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम