मुख्य समाचार
विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताए
विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताए

: तमिलनाडुमा अभिनेता विजयले आफ्नो र्‍यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्। विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन्। उनले उपचाररत घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन्।

यस दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै उनले लेखेका छन्, 'ठूलो क्षतिलाई विचार गर्दा यो रकम नगन्य छ। यद्यपि, यस समयमा, तपाईंको परिवारको सदस्यको रूपमा, तपाईंसँगै उभिनु मेरो कर्तव्य हो।'

तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ। मृतकहरूमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका छन्।


उनले ३० जना मृतकको पोस्टमार्टम सम्पन्न भएको र शव परिवारलाई हस्तान्तरण गरिएको बताए। शनिबार विजयको चुनावी सभाका क्रममा भागदौड मच्चिदा ३९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...