मुख्य समाचार
विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताए
विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताए

: तमिलनाडुमा अभिनेता विजयले आफ्नो र्‍यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्। विजयले इन्स्टाग्राममा पोस्ट गर्दै दुर्घटनामा प्रियजन गुमाउने प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने बताएका हुन्। उनले उपचाररत घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा पनि गरेका छन्।

यस दुःखद घटनाप्रति समवेदना व्यक्त गर्दै उनले लेखेका छन्, 'ठूलो क्षतिलाई विचार गर्दा यो रकम नगन्य छ। यद्यपि, यस समयमा, तपाईंको परिवारको सदस्यको रूपमा, तपाईंसँगै उभिनु मेरो कर्तव्य हो।'

तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ। मृतकहरूमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका छन्।


उनले ३० जना मृतकको पोस्टमार्टम सम्पन्न भएको र शव परिवारलाई हस्तान्तरण गरिएको बताए। शनिबार विजयको चुनावी सभाका क्रममा भागदौड मच्चिदा ३९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...