मुख्य समाचार
मेलम्चीमा बस पल्टिँदा ११ जना घाइते
मेलम्चीमा बस पल्टिँदा ११ जना घाइते

— आइतबार काठमाडौंबाट सिन्धुपाल्चोकको पाल्चोकतर्फ गइरहेको आमाह्यल्मो यातायातको बा ३ ख ९३०८ नम्बरको बस मेलम्ची नगरपालिका–१३ स्थित वडा कार्यालय नजिकै सडकमा पल्टिँदा ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार दुर्घटनामा घाइते हुने अधिकाशं हेलम्बु गाउँपालिकाका छन्,जसमध्ये केही मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका छन् ।

'सबै घाइतेको अवस्था सामान्य छ ,घटनालगत्तै स्थानीय र सुरक्षाकर्मी उद्धारमा जुटेका थिए,' प्रहरी नायब उपरीक्षक माधवराज खरेलले भने । मेलम्चीस्थित स्वास्थ्य संस्थामा घाइतेहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। ‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। ...

— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने ...
— भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा ...
— भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले ...