मुख्य समाचार
सुन्धारा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ
सुन्धारा कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी पक्राउ

— जेन-जी आन्दोलन र त्यसपछिको प्रदर्शको मौका छोपी केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवल सुन्धारा काठमाडौंबाट फरार भएका ज्ञानु वाङ्देल भन्ने आयुष पालुङ्वा ताप्लेजुङमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार फुङलिङ नगरपालिका-७ दोखु घर भएका पालुङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फुङलिङ-६ आलुचौकमा साथीको घरमा लुकिछिपी बसेको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख (डीएसपी) बेदप्रसाद गौतमले जानकारी दिए । तत्कालका लागि ताप्लेजुङ कारागारमा राखिएको र पछि स्थानान्तरण गरिने उनले बताए ।

प्रहरी कार्यालयका अनुसार आयुषमाथि जबरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय तोकिएको छ । उनले ५ वर्ष भुक्तान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। ‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। ...

— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने ...
— भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा ...
— भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले ...