— भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ ।
कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले बताए ।
त्यस्तै आन्दोलनको क्रममा सुरक्षा निकायबाट हातहतियार तथा बन्दोबस्तीका सामाग्री लुटेर लुकाइछिपाई राखेको सूचना प्राप्त भए प्रहरीलाई खबर गर्न प्रशासनले सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका १२ जना कैदीबन्दीलाई गोरखा प्रहरीले पक्राउ गरिसकेको छ ।