मुख्य समाचार
हर्क साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिए
हर्क साम्पाङले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिए

— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् ।

पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने छ । हाललाई दर्ताका लागि निवेदन स्वीकार गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। ‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। ...

— भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा ...
— भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले ...
: ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार बिहान मृत्यु भएको छ। नुहाउन क्रममा डुबेर अशक्त भएका उनको नगर अस्पताल भुरिगाउँमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।