मुख्य समाचार
पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भए
पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भए

: पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्।

‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस्।’ दसैंको शुभकामना दिँदै उनले भनेका छन्, ‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ। त्यसैले पारिवारीक र सांस्कृतिक रुपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं। हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट वृहत्तरुपमा टीका जमरा प्रदान नहुने जानकारी गराउँदछौं। श्री नवदुर्गाभवानीले हामीलाई दिव्यपथ तर्फ अग्रसर राखून् - यही हाम्रो कामना।’

शाहले नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको बताए। ‘हामी नेपालीहरुको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको छ। नवदुर्गा भवानीको पुजा आराधनाका साथ परम्परामा शुभेच्छा सद्भाव आदान प्रदान गरिने दशै पर्वको शुभ अवसरमा नेपाल भित्र र बाहिर रहे बसेका सबै नेपालीहरुमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं।’ शुभकामना सन्देशमा भनिएको छ,‘हाम्रा पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो। यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ। कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफै तय गर्ने सार्मथ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्न परेको छ।’


हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें। अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।
शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास भएको बताएका छन्। ‘हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जन मनो भावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ। विगतको केही समय यता देश र जनताको सर्वोत्तम हितका खाँतिर हामीले गहिरो चिन्ता, चासो तथा सङ्लो दृष्टिकोण अघि सार्दै आएको थियौं। नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ। विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्ने पर्दछ। भौतिक विकासलाई अघि बढाउँदै विश्व व्यवस्थामा बदलिदै आएको राष्ट्रिय समाजको संरचनालाई हामीले अँगाल्नु पर्दछ।’ शाहले भनेका छन्,‘युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो आफ्नो पन, पहिचान र मुल्य मान्यताको ख्याल राख्नै पर्दछ। युवा पुस्ता हाम्रा भविश्यका आधारस्तम्भ हुन्। उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्छ। यही समयको माग हो। हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटि परें। अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पूर्व राजा ज्ञानेन्द्र शाहले यसपटकको दसैँमा सर्वसाधारणलाई टिका नलगाइदिने भएका छन्। जेन–जी आन्दोलनका क्रममा सहिद भएको घटनाले आमनागरिक शोकमग्न रहेको र वातावरण संवेदनशील भएकाले आफूले सार्वजनिकरूपमा टीका लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरेको उनले बताएका हुन्। ‘सही, सत्य, अग्रजहरुको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हामीमा हुनैपर्दछ। ...
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय श्रम संस्कृति पार्टी’ नाममा दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार सबै मापदण्ड पूरा भएमा दसैं बिदा सकिएपछि दल दर्ता हुने ...
— भदौ २४ को प्रदर्शनका क्रममा झुम्का कारागारबाट फरार भएका कैदीहरुमध्ये हालसम्म ५० जना कैदीलाई धरानबाट पक्राउ गरिएको छ । झुम्का कारागारबाट १५ सय ७५ कैदी फरार भएका थिए । जसमध्ये धरानबाट मात्र हालसम्म ५० जना कैदी पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भिषणबाबु राई बताए । पक्राउ पर्नेमा धरान-१५ का ३२ वर्षीय राजु थापा ...
— भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी र थुनुवा लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । कारागारबाट भागेका कैदीबन्दी र थुनुवाले अपराधिक गतिविधि गर्न सक्ने अवस्थालाई मध्यनजर गरेर लुकीछिपी बसेको भेटिए प्रहरीलाई खबर गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग्गत बरालले ...
: ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार बिहान मृत्यु भएको छ। नुहाउन क्रममा डुबेर अशक्त भएका उनको नगर अस्पताल भुरिगाउँमा उपचारका क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।