मुख्य समाचार
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु

: फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय मिडियाहरूले दाबी गरेका छन्।

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।


बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको राज्य घोषणा गरेको छ। भूकम्पपछि बिरामीहरूलाई भवन बाहिर उपचार गरिँदैछ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी भागमा रहेका बाहिरी शहरहरूमा भएको क्षति र घाइतेको हद दिउँसोसम्म थाहा नहुने बताइन्। "यो हामीले सोचेभन्दा खराब हुन सक्छ," उनले फेसबुकमा पोस्ट गरिएको भिडियो सन्देशमा भनिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...