मुख्य समाचार
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु
फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु

: फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय मिडियाहरूले दाबी गरेका छन्।

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।


बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको राज्य घोषणा गरेको छ। भूकम्पपछि बिरामीहरूलाई भवन बाहिर उपचार गरिँदैछ।

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी भागमा रहेका बाहिरी शहरहरूमा भएको क्षति र घाइतेको हद दिउँसोसम्म थाहा नहुने बताइन्। "यो हामीले सोचेभन्दा खराब हुन सक्छ," उनले फेसबुकमा पोस्ट गरिएको भिडियो सन्देशमा भनिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...