मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी बनेका सांसद यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी बनेका सांसद यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन

: राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी बनेका सांसद यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।

रास्वपाले सबै तहका नेताहरूले चाडपर्वका दौरान उपहार लिन कडाई गरेको छ। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन जारी गरिएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।’


उनले जेनजीको आन्दोलनको क्रममा ७५ जनाको ज्यान गएकाले‍ पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर चाडपर्वसँग सम्बन्धित कार्यक्रम आयोजना नगर्न निर्देशन दिएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजीको अगुवाइमा भएको सुशासनको लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौँ । तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजी आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गर्न फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ। भदौ २३ र २४ गतेको प्रदर्शन क्रममा सुरक्षा निकायबाट खोसिएका हातहतियार र अन्य बन्दोबस्ती सामाग्री र विभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवालाई लक्षित गर्दै प्रशासनले सूचना मार्फत सो आग्रह गरेको हो। लुकिछिपी कैदीबन्दीका साथै लुटिएका ...
: चाडबाडको मौका छोपी भन्सार छलेर ल्याइएको लाखौंको सामानसहित ट्रक चालक र ट्रक रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका-५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको ट्रक चालक, ट्रक र ट्रकमा ...
सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गए
आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा सिंहासन
: नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्। राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्। दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल ...