मुख्य समाचार
शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी
शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी

: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा परेको दाबी गरेका छन्। आज सामाजिक सञ्जालमा लेख्दै पोखरेलले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरूको खेलबाट हामीले आफूलाई जोगाउन नसकेको टिप्पणी गरेका हुन्।

‘हाम्रो देश भूराजनीतिक द्वन्द्वको चपेटामा पर्‍यो। राष्ट्रिय शक्तिलाई कमजोर बनाउने उनीहरुको खेलबाट हामीले आफूलाई जोगाउन सकेनौं। हाम्रो देश पनि वैध सत्तालाई कमजोर बनाउने डिप स्टेटको प्रयोगशाला बनाइयो।’

सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न नसकेको पोखरेलले स्वीकार गरे। उनले नव युवाहरुको विश्वास जितिने बताए। ढिलो चाडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने र फर्काइने दाबी गरे। ‘हामीले सबै समस्याको समाधान लोकतान्त्रिक बाटोबाट खोज्न सकिन्छ भन्ने कुरामा नवयुवाहरुको विश्वास जित्न सकेनौं। उनीहरुको भावना र चाहनासँग नेपाली राजनीतिलाई जोड्न सकेनौं। तर यसको अर्थ नेपाललाई बहुलवाद, समावेशीता, लोकतान्त्रिक गणतन्त्र र स्वाधिनता एवम् स्वाभिमानको बाटोबाट पछि धकेल्ने प्रयास सफल हुन्छ भन्ने होइन।’ पोखरेलले भने, ‘ढिलो चाडो मुलुक लोकतन्त्रको जनसार्वभौम बाटोतिर फर्कने छ र फर्काइने छ। नव युवाहरूको विश्वास जितिनेछ।’

महासचिव पोखरेलले नेकपा(एमाले) निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्दै नेपाली विशेषतामा आधारित समाजवाद निर्माणको दिशामा अघि बढ्न प्रतिबद्ध रहने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजी आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गर्न फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ। भदौ २३ र २४ गतेको प्रदर्शन क्रममा सुरक्षा निकायबाट खोसिएका हातहतियार र अन्य बन्दोबस्ती सामाग्री र विभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवालाई लक्षित गर्दै प्रशासनले सूचना मार्फत सो आग्रह गरेको हो। लुकिछिपी कैदीबन्दीका साथै लुटिएका ...
: चाडबाडको मौका छोपी भन्सार छलेर ल्याइएको लाखौंको सामानसहित ट्रक चालक र ट्रक रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका-५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको ट्रक चालक, ट्रक र ट्रकमा ...
सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गए
आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा सिंहासन
: नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्। राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्। दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल ...