मुख्य समाचार
विभिन्न जिल्ला कारागारबाट भागेका ६ कैदीबन्दी स्याङजामा पक्राउ
विभिन्न जिल्ला कारागारबाट भागेका ६ कैदीबन्दी स्याङजामा पक्राउ

: जेनजी आन्दोलनका क्रममा विभिन्न जिल्ला कारागारबाट भागेका ६ कैदीबन्दी स्याङजामा पक्राउ परेका छन्। कारागारबाट फरार उनीहरू लुकिछिपी बसेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा कास्की कारागारबाट भागेका ३ जना, काठमाडौंबाट २ र तनहुँबाट एक जना छन्। पक्राउपछि उनीहरूलाई आवश्यक कारबाहीका लागि स्याङ्जा कारागारमा बुझाइएको छ।

प्रहरी उपरीक्षक दधिराम न्यौपानेका अनुसार कास्की कारागारबाट भागेका यामबहादुर रोका भीरकोट नगरपालिका ३ मा पक्राउ परेका हुन। कर्तव्य ज्यान मुद्दामा कारागार शाखा कास्कीमा रहेका उनी २४ गते फरार भएपछि आफ्नै घरमा आई बसेका थिए।


भीरकोट ५ का २८ वर्षीय बिमल जिटी पनि घरबाटै पक्राउ परे। जिटी जबरजस्ती करणीको मुद्दामा कास्की कारागारमा थिए। कास्कीबाटै भागेका अभिषेक नेपाली पुतलीबजार-१ कालाखोलाबाट पक्राउ परे। पुतलीबजार-९ कोल्माका २६ वर्षीय नेपाली जबरजस्ती करणीको मुद्दामा सजाए भोग्दै थिए।

यसैगरी, केन्द्रीय कारागार जग्गनाथदेव काठमाडौंबाट भागेका चापाकोट नगरपालिका-४ का ३४ वर्षीय विनोद दर्जी बिरुवा गाउँपालिका-६ धरादीबाट पक्राउ परे। दर्जीलाई जबरजस्ती करणीको मुद्दामा दोषी थिए।

पुतलीबजार-५ पौवेगौंडेका ६७ वर्षीया नुनुमाया कार्की पनि घरबाट पक्राउ परिन्। कर्तव्य ज्यान मुद्दाका अभियुक्त हुन्। तनहुँको कारागारबाट फरार यमबहादुर बिक पुतलीबजार नगरपालिका-१४ बाट पक्राउ परे। लागुऔषध दुरुपयोगको मुद्दामा उनी कारागारमा थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजी आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गर्न फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ। भदौ २३ र २४ गतेको प्रदर्शन क्रममा सुरक्षा निकायबाट खोसिएका हातहतियार र अन्य बन्दोबस्ती सामाग्री र विभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवालाई लक्षित गर्दै प्रशासनले सूचना मार्फत सो आग्रह गरेको हो। लुकिछिपी कैदीबन्दीका साथै लुटिएका ...
: चाडबाडको मौका छोपी भन्सार छलेर ल्याइएको लाखौंको सामानसहित ट्रक चालक र ट्रक रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका-५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको ट्रक चालक, ट्रक र ट्रकमा ...
सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गए
आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा सिंहासन
: नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्। राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्। दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल ...