मुख्य समाचार
उत्तरी नाका तातोपानीबाट दसैंको सामान चीनले नपठाएका कारण उपभोक्ता र व्यवसायी मर्कामा
उत्तरी नाका तातोपानीबाट दसैंको सामान चीनले नपठाएका कारण उपभोक्ता र व्यवसायी मर्कामा

: नेपाल चीनबीचको उत्तरी नाका तातोपानीबाट दसैंको सामान चीनले नपठाएका कारण उपभोक्ता र व्यवसायी मर्कामा परेका छन्।

दुई महिनादेखि पहिरोका कारण अवरुद्ध रहेको तातोपानी नाका भदौ ६ गतेमात्रै खुलेको थियो। तर, सडक खुले पनि चिनियाँ पक्षले अपेक्षाअनुसार दसैंको सामग्री बोकेका कन्टेनर पठाउन नमान्दा दसैं लक्षित सामान अभाव हुने व्यवसायीको गुनासो छ।

ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरूद्र थापाले सामान्यतया चाडपर्वको समयमा दैनिक २५-३० कन्टेनर आउनुपर्नेमा हालः ५-७ मात्र आइरहेको बताए। उनका अनुसार चीनमा कन्टेनर जामका कारण ढुवानी प्रभावित भएको हो।


‘पहिरोका कारण पहिला सामान ल्याउन सकेनौं, अहिले नाका खुले पनि चीनले कम कन्टेनर छाडेको छ’, नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले भने, ‘नेपाली भन्सार प्रशासनले पनि पर्याप्त पहल नगरेकाले समस्या थपिएको हो।’

हिमालय सीमापार वाणिज्य संघका सदस्य बलराम ढकालले चीनले कन्टेनर रोक्नुको ठोस कारण नबताएको बताए। ‘दसैं केन्द्रित सामान भनेर चीनलाई थाहा छ, तर पनि सहज रूपमा कन्टेनर छाडिरहेको छैन,’ उनले भने। व्यवसायी शारदाप्रसाद पराजुलीले चीनमा झन्डै २ सय कन्टेनर रोकिइरहेको जानकारी प्राप्त भएको बताए।

‘भेँडा-च्याङग्रा ढुवानी र चीनको आन्तरिक व्यवस्थापनका कारण कन्टेनर रोकिएको हुन सक्छ,’ उनले भने, ‘आधिकारिकरूपमा चिनिया पक्षले केही जानकारी दिएको छैन, तर सामान भने आउन सकेको छैन।’

तातोपानी भन्सारका सूचना अधिकारी रमेश शाहले चीनतर्फ जनशक्ति कम भएको सम्भावनासहित केही दिन कम कन्टेनर आएको स्वीकार गरे। ‘हामीले चीनको भन्सारसँग निरन्तर समन्वय गरिरहेका छौं,’ उनले भने, ‘अब केही दिनमा २०-२५ कन्टेनर आउने अपेक्षा गरिएको छ।’ चिनियाँ पक्षले आफूहरूको जनशक्तिअनुसार कन्टेनर पठाइरहेको र नेपाली चाडपर्वको महत्वबारे पनि आफूहरू जानकार रहेको जानकारी दिएको शाहले बताए।

तर चीनले नेपाली चाडपर्वको बारेमा थाहा पाएरै पनि सामान रहेको कन्टेनर नछाड्दा व्यपारीहरू र उपभोक्तालाई मार परेको नाकासम्बद्ध व्यवसायीहरूले बताएका छन्। नेपाल सरकारले नै सामान ल्याउनका लागि समन्वय गर्नुपर्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जेनजी आन्दोलनका बेला लुटिएका हातहतियार फिर्ता गर्न फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरेको छ। भदौ २३ र २४ गतेको प्रदर्शन क्रममा सुरक्षा निकायबाट खोसिएका हातहतियार र अन्य बन्दोबस्ती सामाग्री र विभिन्न जिल्ला कारागारबाट भागेका कैदीबन्दी तथा थुनुवालाई लक्षित गर्दै प्रशासनले सूचना मार्फत सो आग्रह गरेको हो। लुकिछिपी कैदीबन्दीका साथै लुटिएका ...
: चाडबाडको मौका छोपी भन्सार छलेर ल्याइएको लाखौंको सामानसहित ट्रक चालक र ट्रक रौतहट प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले आइतबार साँझ गस्ती गर्दै जाने क्रममा बौधिमाई नगरपालिका-५ हनुमान मन्दिरबाट ना.६ ख. ५६२ नम्बरको ट्रक कोप्वा बजारतर्फबाट मौलापुर तर्फ जाँदै गरेको ट्रक चालक, ट्रक र ट्रकमा ...
सर्पदंशबाट तीन वर्षीय बालकको ज्यान गए
आर्यतारा शाक्य नयाँ कुमारीका रूपमा सिंहासन
: नेकपा (माओवादी केन्द्र)का केन्द्रीय संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो वर्षको दशैं मनाउनको लागि सिन्धुपाल्चोक आएका छन्। राजधानी बाहिर दशैं मनाउने प्रचण्डको चाहना अनुरूप मंगलबार प्रचण्डसहित सपरिवार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुवारीमा रहेको बागमती प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य युवराज दुलालको घरमा आएका हुन्। दशैं मनाउन प्रचण्ड छोरी रेणु दाहाल, गंगा दाहाल ...