मुख्य समाचार
संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा
संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा

: अमेरिकी संसद् कङ्ग्रेसको माथिल्लो सदन सिनेटबाट बजेट पास गर्ने प्रयास असफल भएको छ। संसदबाट बजेट पारित नभएपछि अमेरिकाको सङ्घीय सरकारले शट डाउनको घोषणा गरेको छ।

सिनेटमा लगातार भएका दुईवटा मतदानमा डेमोक्रेट र रिपब्लिकन दुवै दलले एक–अर्काको अस्थायी खर्च प्रस्तावलाई खारेज गरिदिएपछि शट डाउन लागू भएको हो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको वेबसाइटको होमपेजको सबैभन्दा माथि शटडाउन सुरु भएको अवधि गणना गर्ने घडी राखिएको छ।

शटडाउनमा सरकारसँग खर्चका लागि पैसा हुँदैन। राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटहरूबीचको खर्चसम्बन्धी तिक्ततापूर्ण अवस्थाका कारण संघीय सरकार शटडाउन भएको हो।


राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन र विपक्षी डेमोक्र्याट पार्टीले यस्तो स्थिति आउनुका पछाडि एकअर्कालाई दोष लगाएका छन्। सेप्टेम्बर ३० को मध्यरातदेखि औपचारिक रूपमा 'शटडाउन' सुरु भएको छ।

सन् २०१८-१९ पछि पहिलो पटक उत्पन्न यस्तो स्थितिमा अब सरकारले सामूहिक रूपमा तथा फिर्ता नहुने गरी कर्मचारी निकाला गर्न सक्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएको बीबीसीले जनाएको छ। राष्ट्रपति ट्रम्पले भने, 'जब तपाईंले यसलाई बन्द गर्नुहुन्छ, तपाईंले कामबाट निकाल्नुपर्छ, हामी धेरै मानिसहरूलाई जागिरबाट निकाल्नेछौं।'

सामान्यतया यस्तो अवस्थामा अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालनमै रहे पनि केही कर्मचारीहरूले तलब नपाई काम गर्नुपर्ने हुन सक्छ। अत्यावश्यक नमानिएका कर्मचारीहरूलाई सरकारले बेतलबी बिदामा राख्ने अभ्यास छ। यसका कारण खाद्यसेवा, पूर्वप्राथमिक विद्यालय, विद्यार्थीलाई कर्जा दिने कार्यक्रम तथा राष्ट्रिय निकुञ्जको सञ्चालनलगायतका काम पूर्ण वा आंशिक रूपमा बन्द हुन सक्छन्।

शटडाउनले गर्दा सरकारी कर्मचारीहरूले पाउने तलबदेखि लिएर अन्य सबै खर्चहरू रोकिनेछन्। तर मेडिकल सेवा, सीमा सुरक्षा र हवाई सेवा लगायतका आपतकालीन सेवाहरू जारी रहन्छन्।

राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका सांसदहरूले बजेटसम्बन्धी विधेयकलाई एक निरन्तर प्रस्तावका रूपमा कुनै पनि थपघट नगरी पारित गर्न चाहेका थिए। सिनेटबाट यो विधेयक पारित हुन ६० सदस्य चाहिन्थ्यो तर त्यहाँ ५३ रिपब्लिकन सांसद मात्र छन्। विपक्षी दल अर्थात् डेमोक्र्याटिक पार्टीको सहयोगबिना बिल पारित नहुने अवस्था थियो।

यसैलाई बुझेर स्वास्थ्य सेवालगायतका विषयमा आफ्ना अजेन्डा स्वीकार गर्न सरकारलाई दबाव दिनका लागि उनीहरूले संसदीय अङ्कगणितको प्रयोग गरेको ठानिएको छ।

अमेरिकामा सन् १९८० पछि फन्डिङ बिल अड्किएका कारण १५ पटक शटडाउन भएको छ। ट्रम्पको अघिल्लो कार्यकालमा नै सरकारले ३ पटक शट डाउनको सामना गर्नुपरेको थियो। सन् २०१८ को शट डाउन सबैभन्दा लामो ३५ दिनसम्म चलेको थियो। सन् २०१३ मा बाराक ओबामाले पनि १६ दिनको शट डाउन भोग्नुपरेको थियो। त्यसअघि सन् १९९५ मा बिल क्लिन्टन राष्ट्रपति हुँदा २१ दिन शट डाउन चलेको थियो। बाँकी शट डाउन भने पाँच वा त्यो भन्दा कम दिन मात्रै चलेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम