मुख्य समाचार
‘सटडाउन’का कारण ठप्प भयो अमेरिकी सरकारी सेवा
‘सटडाउन’का कारण ठप्प भयो अमेरिकी सरकारी सेवा

— अमेरिकी सदनका दुवै दलबीच अन्तिम समयसम्म पनि बजेटसम्बन्धी विभिन्न विषयमा सहमति जुट्न नसकेपछि सेप्टेम्बर ३० भित्र पारित भइसक्नुपर्ने बजेट पारित नभएपछि ‘सटडाउन’ को अवस्था आएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।


रिपब्लिकन र डेमोक्रयाटहरूले एकअर्कालाई आरोप लगाउने र पन्छिने प्रयास गरिरहँदा यो सटडाउनले झन्डै ८ लाख संघीय कर्मचारीहरूलाई बेतलबी बिदामा घर पठाउनेछ । यस्तै, झन्डै २० लाख सेनासँगै अत्यावश्यक सेवाका कर्मचारीहरूले बजेट पारित भएपछि मात्र तलब पाउनेछन् । यसबाट राष्ट्रिय निकुञ्ज, संग्रहालयसँगै यस्तो बेला पहिले नै तय गरिएका अत्यावश्यकबाहेकका कार्यक्रमहरू बन्द गरिन्छन् भने सामाजिक सुरक्षा, औषधी उपचार र सुरक्षासम्म्बन्धी क्रियाकलाप भने जारी रहन्छन् ।

विश्लेषकहरूले यस्तो सटडाउनको आर्थिक क्षति झन्डै ३० करोड डलर आसपास अनुमान गरेका छन् । यसअघि अमेरिकामा डोनाल्ड ट्रम्प नै राष्ट्रपति रहँदा सन् २०१८ को अन्त्यमा पनि ३५ दिन लामो सटडाउन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमलाई शान्ति पुरस्कार प्रदान गरिएको छ । फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिकका लागि आयोजित समारोहमा उनलाई शान्ति पुरस्कार प्रदान गरिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प फिफाको शान्ति पुरस्कारका लागि पहिलेबाट नै मजबुत दाबेदार मानिन्थे । न्युज एजेन्सी पीटीआईका आुनसार ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फेन्टिनोबीच निकट सम्बन्ध छ । इन्फेन्टिनोले ...
। क्यानडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानडाले जनाएको छ । मासिक विवरण अनुसार, रोजगार दर ०.१ प्रतिशत बिन्दुले बढेर ६०.९ प्रतिशत पुगेको छ भने बेरोजगारी दर ०.४ प्रतिशत बिन्दुले घटेर ६.५ प्रतिशतमा आएको छ । स्वास्थ्य सेवा तथा सामाजिक सहयोग, आवास तथा खाना–पानी सेवा ...
। पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् । बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ । कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा ...
। अफगानिस्तानले पाकिस्तानी सेनाको आक्रमणमा परी चार अफगान नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकका चार नागरिकको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका हुन् । यसअघि कन्धार शहरको एक अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको समाचारमा उल्लेख गरेको थियो । अफगान र पाकिस्तान ...
। ग्रीसको दक्षिणी तट नजिक क्रेट टापु वरिपरि एक डुङ्गामा १८ आप्रवासी मृत भेटिएका छन् भने दुई जना उद्धार भएका छन् । ग्रीसको सार्वजनिक प्रसारक ईआरटीका अनुसार, डुङ्गा इरापेट्रा शहरदेखि करिब (४८ किलोमिटर) दक्षिणमा फेला परेको थियो । मृतक १८ जनाको शव डुङ्गाभित्रै भेटिएको छ । प्रारम्भिक जानकारी अनुसार, लामो समयसम्म खराब मौसममा डुङ्गामा खुला रहँदा, खाना ...