मुख्य समाचार
युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ
युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ

: युएईस्थित नेपाली दूतावासले कम्पनी छोडेर भागेको नेपाली कामदारमाथि 'फरार मुद्दा' लाग्ने बताएको छ। बुधबार विज्ञप्ति जारी गरेर दूतावासले श्रम कानुनअनुसार कामदारमाथि 'फरार मुद्दा' लाग्ने स्पष्ट पारेको हो।

'उक्त फरार मुद्दा नहटाएसम्म नेपाल फर्कन सम्भव नहुने र त्यसको कुनै निर्धारित समय तोकिएको छैन। यो व्यक्तिको मुद्दाअनुसार फरक-फरक हुन्छ। एक हप्तादेखि पन्ध्रदिनसम्म र विशेष मुद्दामा एक महिनाभन्दा बढीसम्म लाग्ने अवस्था हुन्छ। कम्पनीको भिसा 'एक्टिभ' रहुन्जेलसम्म कुनै पनि व्यक्ति नेपाल फर्कन सक्दैन। दूतावासबाट ट्राभल डकुमेन्ट जारी गरिसकेपछि 'आउटपास' लिन सम्बन्धित व्यक्ति अध्यागमन कार्यालय गइ नियमानुसार लाग्ने शुल्क तिरेर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,' दूतावासले भनेको छ।

दूतावासले कृष्णबहादुर विक कम्पनीको सम्झौता बमोजिमको सेवासुविधा नपाएको सम्बन्धमा मिति २०८२/०६/०२ गते निवेदन दिन आएको जनाएको छ। त्यसपछि उनको समस्या सम्बोधन गर्न दूतावासका श्रम सहचारी पंकज लाभ कर्णले विकको कम्पनीमा तत्काल फोन गरी सम्झौता बमोजिम सुविधा उपलब्ध गराइदिन अनुरोध गरेको तर सेवाग्राहीले उक्त कम्पनीमा काम नगरी आफू जसरी पनि नेपाल जाने कुरा बताएको दूतावासले उल्लेख गरेको छ।


'त्यसपछि श्रम सहचारीले कम्पनीलाई निजको राहदानी उपलब्ध गराइ नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा कम्पनीले निजको 'भिसा क्यान्सलेसन प्रोसेस' र राहदानी लिन कम्पनीमा बोलाउँदा निज सेवाग्राही जान इन्कार गरेको हुँदा निजलाई दूतावासमै लिन आउन अनुरोध गरेको तर कम्पनीको गाडी लिन आउँदा निज सेवाग्राही दूतावास परिसरबाट बाहिर निस्केको,' दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
। सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् । यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपालीमध्ये ९११ जना विभिन्न मुद्दामा जेलमा रहेका छन् । दुतावास रियादका अनुसार ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार जेलमा रहेका नेपालीमध्ये ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा अझै विचाराधीन रहेको छ । जेलमा रहेका नेपालीमध्ये सबैभन्दा धेरै पूर्वी क्षेत्रमा ३७७ जना, केन्द्रीय क्षेत्रमा ३३४ जना ...