मुख्य समाचार
झापामा बस पल्टिँदा २ जनाको मृत्यु, १३ जना घाइते
झापामा बस पल्टिँदा २ जनाको मृत्यु, १३ जना घाइते

— झापाको बिर्तामोड नगरपालिका–६ गिरि बन्धु टी–स्टेट अगाडि पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।


इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार बिहान करिब ९:३० बजेको समयमा विराटनगरबाट काँकडभिट्टा तर्फ जाँदै गरेको सगरमाथा यातायातको बस (प्र १–०१–००१ ख ४४५९) अचानक अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुनसरी, इटहरी–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली–२ का ४२ वर्षीय राजकुमार चौधरी रहेका छन्। चौधरी सो बसका कन्ट्याक्टर भएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा इटहरीका गुलशनराज शर्मा, उनकी श्रीमती अंकिता शर्मा र छोरी मनसुई शर्मा, बिनु शर्मा, मोरङका सोमकुमार भुजेल (सहचालक), पाँचथरकी गंगा लिम्बु, झापाका लोजिहाङ लावती, सुहाना लिम्बु र मेङ्सो लिम्बु, मोरङकी अनुषा भट्टराई, मन्जु खतिवडा, झापाकी राधिका खतिवडा र ताप्लेजुङका राकेश ललिम्बु रहेका छन्।

घाइतेहरुलाई उद्धार गरी बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। केही घाइतेको अवस्था मध्यम रहेको बताइएको छ।

प्रहरीले फरार चालकको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बारामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरिएको घटना प्रकाशमा आएको छ। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ मझरीयाकी ३३ वर्षीया सुरुजकली देवीलाई गाउँकै केही व्यक्तिहरूले बोक्सीको आरोप लगाउँदै असोज ११ गते कुटपिट गर्नुका साथै कपाल काटेर अमानवीय व्यवहार गरेको घटना प्रकाशमा आएको हो। पीडितले जिल्ला प्रहरी कार्यालय बारामा दिएको ...
— राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ। प्राधिकरणले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैलाई उच्च ...
: जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने प्रक्षेपण गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अलर्ट जारी गरेको छ। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। प्राधिकरणले पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र ...
— लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो १४ सदस्यीय सचिवालयबाट ६ जनालाई हटाएका छन् । उनले सचिवालयका ४ विज्ञ र २ सल्लाहकारसहित ६ जनालाई हटाएका हुन् । केन्द्रीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकता भन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो । प्रदेशमा पनि मुख्यमन्त्री सचिवालयमा विज्ञ र सल्लाहकारको जम्बो टोली बनाइएको भन्दै आलोचना ...
: अर्थ मन्त्रालयले नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्मको रकम ल्याउन पाउने जनाएको छ। मन्त्रालयले भन्सार घोषणा बिना ५ हजारभन्दा बढी रकम ल्याउँदा भन्सार घोषणा आवश्यक रहेको जनाएको छ। यसैगरी अर्थ मन्त्रालयले अधिकतम अमेरिकी डलर १,५०० विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने समेत जनाएको छ। ‘नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ...