मुख्य समाचार
स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैं
स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैं

। स्वदेश मात्र होइन, विदेश पनि अहिले दशैंले गुल्जार बनेको देखिन्छ । दशैंको लागि किनमेल गर्ने, घर सजावट गर्ने र खसी किन्नेजस्ता कार्यमा नेपाली समुदाय यतिबेला उत्साहित देखिन्छ ।

हामीले यो उत्साह पूर्वी अमेरिकी राज्य पेन्सिलभेनियाको ह्यारिसबर्गस्थित लङभ्यूमा देख्यौं । झापाका ओम कोइरालाले टाढासम्म फैलिएको केही बिगाह जमिन लिएरै कृषि उद्यमशिलता चलाइरहेका छन् । त्यहाँभित्र छ- ब्रुक मेडो कृषि फार्म ।

अहिले यो फार्ममा खसी किन्न जाने नेपालीहरूको ठूलै घुइँचो छ । पालो कुरेर खसी किन्न जानेहरू कम्तीमा ४-५ घण्टा पर्खिन्छन् । सप्ताहन्तमा भने एकदिन नै कुरेर किन्नुपर्ने स्थिती छ । यसो हुनुमा मुख्य कारण- अमेरिकामा खसी काट्न लाइसेन्स अनिवार्य भएर हो ।

खसी काटेर घर लैजानको लागि नेपाली समुदाय घण्टौं कुर्छन् । सोह्रश्राद्ध सकिएर दशैं सुरु भएपछि अहिले लङभ्यूस्थित कोइरालाको यो फार्ममा घुइँचो छ । खसी किन्न पेन्सिलभेनियासहित छिमेकी राज्यहरू मेरिल्याण्ड, डीसी, भर्जिनिया, न्यूयोर्क, न्यू ह्याम्सायर, नर्थ क्यारोलिनाबाट नेपाली त्यहाँ पुगिरहेका छन् ।

कलाकार पूजा चन्द, मुकेश आचार्य, समाजसेवी तरुण पौडेल, फिल्म निर्देशक गोपालचन्द्र लामिछाने, पर्वत समाजका महासचिव शिवलाल पुरी र इनास मेरिल्याण्डकी अध्यक्ष शान्ति भण्डारीलगायतका चर्चित अनुहार पनि उक्त फार्ममा खसी किन्न पुगेको देखिए । ‘अन्यत्र भन्दा यहाँ सस्तो र राम्रो खसी पाइने भएकाले हामी यहाँसम्म आइपुगेका हौं’ बाल्टिमोरबाट त्यहाँ पुगेका लामिछानेले भने, ‘दशैंको माहोल यो फार्ममा देखिएको छ । किनभने, दशैं भन्ने वित्तिकै त्यहाँको खसीको मासु पनि जोडिएर आउँछ ।’

एउटा खसीको मूल्य झण्डै ५०० अमेरिकी डलरसम्म पर्न आउँछ । तौल हेरेर मूल्य थपघट हुनसक्छ । संचालक कोइरालाले यो दशैंमा मात्र ७ हजार ५०० वटा खसी बिक्री हुने बताए ।

‘पहिला भन्दा यसवर्ष ग्राहकको संख्या बढेको छ । कतिपयले टाढाबाट अर्डर पनि गर्नुहुन्छ । डेलिभरी पनि गर्ने गरेका छौं’ संचालक कोइरालाले भने, ‘दशैं भएकाले सबै नेपाली नै आउनुहुन्छ । आफै खसी हेर्न र भिजिटको लागि आइरहनुभएको छ ।’

सन् २०२५ को सेप्टेम्बरसम्म मात्र यो आफूले १२ हजारभन्दा धेरै खसी बेचेर ५ मिलियन डलरभन्दा धेरै आम्दानी गरेको उनी बताउँछन् । कोइरालाले अहिले झण्डै ३० जनालाई रोजगारी दिएका छन् । काम गर्नेहरू पनि नेपाली छन् ।



टेक्सासका ३ सहित विसकन्सिन र मिजौरीका कूल ५ फार्मबाट यहाँ खसी ल्याइन्छ । त्यहाँका कृषकसँग वार्षिकरुपमा सम्झौता गरेर खुसी ल्याउने गरिएको छ । ‘हामीले उहाँहरूलाई पाल्न लगाएका छौं । वर्षभरिको क्यालेन्डरअनुसार नै हामीले माग्छौं’ उनी भन्छन्, ‘बिक्री नभएपनि हामीले खसी ल्याउनैपर्छ ।’

यहाँ मात्र होइन, पेन्सिलभेनिया र मेरिल्याण्डमा पनि दशैंको माहोलमा खसी बिक्री पनि भैरहेको देखिन्छ । कामकाजी र फुर्सद नहुने कतिपय नेपालीले स्टोरबाटै खसीको मासु किन्ने गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीमा दशैंको बेग्लै माहोल देखिन्छ । कतिपय दशैं मनाउन स्वदेश फर्किएका छन् भने कोही यतै मनाउने तयारीमा छन् । नेपाली बहुल मेरिल्याण्ड राज्यले त आफ्नो राज्यभित्र प्रत्येक वर्षको ५ अक्टोबरलाई ‘दशैं डे’को सरकारी मान्यता दिएको छ ।

उक्त दिनमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अमेरिकासहितका संघसंस्थाले हिन्दु बुद्ध मन्दिरमा ‘दशैं डे फेस्टिभल’ नै आयोजना गरेका छन् । अन्य अमेरिकी राज्यभन्दा यसपटक मेरिल्याण्डमा दशैंको विशेष तयारी देखिन्छ र यसको लागि नेपालीले पनि साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतको सर्वदलीय संसदीय समिति (अल पार्टी पार्लियामेन्ट्री ग्रुप) नेपाल आवद्ध १९ जना सांसदले गोर्खाहरूको सेवा र बलिदानलाई सम्मान गर्दै उनीहरुका मुद्दा सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेका छन् । अल्डरसट र फार्नबरो क्षेत्रकी सांसद एवं अल पार्टी पार्लियामेन्ट्री ग्रुप नेपाल अध्यक्ष एलेक्स बेकरसहितका सांसदहरुले बेलायती भेट्रान मन्त्री लुइस स्यान्डर जोन्सलाई सोमबार एक पत्र लेख्दै सो आग्रह ...
— उच्च पदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको सम्बन्ध भ्रष्टाचारमा मुछिएका नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग समेत भएको देखिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा भक्तपुरको नलिन्चोकमा हेलीप्याड निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा चलेका अधिकारीको सम्पर्क पाठकसँग रहेको देखिएको हो । जिल्ला प्रहरी ...
: कतारबाट घर फर्किन चाहने नेपाली नागरिकलाई सम्पर्कमा आउन त्यहाँस्थित नेपाली दूताबासले आग्रह गरेको छ । मध्य पूर्वको वर्तमान विषय परिस्थितिलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई यस्तो आग्रह गरेको । दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने वैध आवासीय अनुमति पत्र (कतार आइडी) भएका नेपाली नागरिकहरुलाई दोहास्थित ताशिर साउदी ...
। मध्यपूर्वमा जारी युद्धबारे एआईको दुरुपयोग गरी भ्रामक सूचना फैलाएको भन्दै यूएईमा १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नेपाली पनि रहेको बताइएको छ । गल्फन्युजमा सार्वजनिक समाचारअनुसार १० जनामध्ये एक जना नेपाली पनि छन् । जसमा आँखा छोपिएको अवस्थामा तस्वीर पनि सार्वजनिक छन् । तर, अन्य परिचय भने खुलाइएको छैन । युएईका महान्यायाधिवक्ता हमाद ...
। मध्यपूर्वमा जारी तनावबीच कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेको छ । दोहास्थित नेपाल दूतावासले शनिबार एक विशेष अनुरोध जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिन भनेको हो । दूतावासको सूचना अनुसार, साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल जान चाहने कतार आइडी भएका नेपालीले आवेदन दिन सक्नेछन् । थन ...