मुख्य समाचार
भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदै
भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदै

। भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ ।

दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सीधा हवाई सेवा पुन: सञ्चालनले दुवै मुलुकबीच व्यापार, पर्यटन र रणनीतिक व्यावसायिक साझेदारीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ ।

भारत र चीनबीच पहिले हुँदै आएका हवाई उडान कोभिड महामारीपछि कटौति भएका थिए । त्यसबीचमा सन् २०२० मा दुई देशका सेनाबीच सीमा क्षेत्र ग्वालनमा झडपपछि कूटनीतिक र सुरक्षा सम्बन्ध तनावपूर्ण भएको थियो । त्यसले गर्दा हवाई उडान सुरु गर्ने प्रक्रिया ढिला भएको थियो ।

मोदी र सीबीच भएको थियो छलफल

यसअघि शांघाई सहयोग संगठन शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटमा उडान र सीमा–व्यापारसँगै दुवै देशले पर्यटक, व्यवसायी, सञ्चारकर्मी लगायतका व्यक्तिको आवागमन सजिलो बनाउन भिसा प्रक्रियामा केही सहकार्य गर्ने सहमति गरेका थिए ।

त्यसपछि दुवै देशका प्राविधिक अधिकारीबीच यस विषयमा निरन्तर वार्ता हुँदै आएको थियो । दुई देशबीच सीधा उडान पुन: सञ्चालन गर्ने र संशोधित हवाई सेवा सम्झौतामा सहमति गर्ने विषयमा छलफल केन्द्रित थियो ।

नयाँ व्यवस्थाअनुसार दुवै देशका तोकिएका विमान सेवाहरुलाई तोकिएका गन्तव्यमा सीधा उडान सञ्चालन गर्न अनुमति दिइनेछ । यस वर्षको जाडो मौसमी तालिकादेखि नै यो लागू हुने जनाइएको छ ।

इन्डिगोले घोषणा गर्‍यो चीन उडान

यसैबीच, भारतको निजी विमान सेवा कम्पनी इन्डिगोले चीनतर्फ आफ्नो उडान पुन: सुरु गर्ने घोषणा गरेको छ । कम्पनीले अक्टोबर २६, २०२५ देखि कोलकाता–ग्वाङ्जाउबीच दैनिक, प्रत्यक्ष उडान सञ्चालन गर्नेछ ।

नियामकीय स्वीकृतिपछि दिल्ली–ग्वाङ्जाउ उडान पनि सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । यी उडानका लागि एयरबस ए–३२० एनईओ विमान प्रयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम