मुख्य समाचार
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाए
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाए

। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रूसलाई कागजी बाघ भन्ने अभिव्यक्तिप्रति प्रश्न उठाएका छन् ।

सुरक्षा र भू-राजनीतिक मामिलामा विज्ञहरूसँगको छलफलका क्रममा पुटिनले भने, ‘के हामी कागजी बाघ हौं? यदि हामी कागजी बाघ हौं भने, नेटो के हो त?’

पुटिनले थपे, ‘हाम्रा लागि सबैभन्दा जरुरी कुरा आत्मविश्वास कायम गर्नु हो र हामी आत्मविश्वासी छौं।’

केही दिनअघि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै रूसलाई ‘कागजी बाघ’ भनेका थिए।



केही दिनअघि ट्रम्पले रूसलाई ‘कागजी बाघ’को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमेको आफ्नो भूमि फिर्ता लिन सक्ने बताएका थिए ।

ट्रम्पको यस भनाइलाई रूस–यूक्रेन युद्धको विषयमा उनको धारणामा आएको ठूलो परिवर्तनको रूपमा अर्थ्याइएको थियो ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको एक पोस्टमा उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमाथि बढ्दो दबाबका कारण यूक्रेनले युद्ध सुरु भएको प्रमुख सीमा फिर्ता पाउन सक्ने बताएका थिए।

‘यूक्रेन र रूसको सैन्य तथा आर्थिक स्थिति पूर्ण रूपमा बुझिसकेपछि मेरो सोच बदलिएको छ,’ उनले भनेका थिए ।

‘पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन् र यो युक्रेनले उचित कदम चाल्ने समय हो,’ उनले भनेका थिए ।

अमेरिकालाई युक्रेनमा लामो दूरीको मिसाइल आपूर्ति नगर्न चेतावनी

समाचार संस्था एपीका अनुसार, पुटिनले अमेरिकाले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र आपूर्ति गर्ने सम्भावनाबारे कडा चेतावनी दिएका छन् । उनले यस्तो कदमले मस्को–वासिङ्टन सम्बन्धमा गम्भीर क्षति पुर्‍याउने भए पनि युद्धको मैदानमा ठूलो परिवर्तन ल्याउन नसक्ने स्पष्ट पारेका हुन् ।

कृष्ण सागरको रिसोर्ट सोचीमा आयोजित अन्तर्राष्ट्रिय विदेश नीति विज्ञहरूको फोरमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले अमेरिकी ‘टोमहाक क्रुज मिसाइल’ युक्रेनमा पुर्‍याइएमा त्यसले रूस–अमेरिका सम्बन्धलाई गुणात्मक रूपमा नयाँ चरणमा धकेल्ने बताए । तर उनले रूसी सेनाले आफ्नो हवाई सुरक्षा प्रणालीलाई छिट्टै नयाँ खतरासँग अनुकूलन गर्ने दाबी गरे ।

‘यस्ता मिसाइलहरूले केही क्षति पुर्‍याउन सक्छन्, तर युद्धको मैदानमा बलको सन्तुलनलाई भने परिवर्तन गर्ने छैन’, पुटिनले भने । उनले रूसी सेना अहिले पनि सुस्त तर निरन्तर प्रगतिमा रहेको उल्लेख गर्दै युद्धमा आफ्नो पक्ष बलियो भइरहेको दाबी गरे ।

ट्रम्पसँगको शिखर बैठकको प्रशंसा

राष्ट्रपति पुटिनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत अगस्टमा अलास्कामा सम्पन्न शिखर सम्मेलनलाई फलदायी भन्दै विशेष प्रशंसा गरे । उनले ट्रम्पसँग संवाद गर्न सहज महसुस भएको भन्दै युक्रेनी सङ्कट समाधानका सम्भावित उपायबारे चर्चा गर्न पाउनु सकारात्मक भएको टिप्पणी गरे ।

त्यस्तै उनले सन् २०१० को न्यु–स्टार्ट सन्धि फेब्रुअरीमा समाप्त हुने भएपछि त्यसलाई अझ एक वर्षका लागि विस्तार गर्ने आफ्नो प्रस्तावलाई पुनः दोहोर्‍याए । उक्त सन्धिले अमेरिका र रूस दुवैलाई एक हजार ५५० भन्दा बढी तैनाथ आणविक हतियार तथा ७०० तैनाथ मिसाइल र बमवर्षकमा सीमित गरेको छ ।

‘यदि अमेरिकालाई यो आवश्यक छैन भने हामीलाई पनि आवश्यक छैन’, पुटिनले भने, ‘तर हामी हाम्रो आणविक क्षमताप्रति पूर्ण रूपमा आत्मविश्वासी छौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...
: फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ। कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अन्य ७५ जना ...
: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने । क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई ...
मेयर बनेपछि ट्रम्पमाथि ममदानीको टिप्पणी - जसले तपाईंलाई सफल बनाउँछ, उसले हराउन पनि सक्छ
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...