मुख्य समाचार
चीनले विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरे
चीनले विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरे

। चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ ।

सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि यसबारे बहस सुरु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाको ‘एच-१बी भिसा’ जस्तै भन्दै समाचार प्रकाशित गरेपछि चीनभित्र यसको आलोचना भइरहेको छ ।

अमेरिकाले हालै एच-१बी भिसाको शुल्क धेरै गुणा बढाएपछि भारतीय युवाप्रतिभामा असन्तोष बढेको र यसैबीच चीनको नयाँ भिसालाई विकल्पका रूपमा हेरिएको थियो ।



पछिल्ला वर्षहरूमा एच-१बी भिसाको करिब ७० प्रतिशत भारतीयले पाउँदै आएको तथ्यांकलाई उदाहरण दिँदै भारतीय मिडियाले चीनको कदमलाई विशेष महत्व दिएको हो । तर, चीनभित्र भने यो भिसाबारे आलोचना भइरहेको बीबीसीले जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ताले आफ्नै देशमा पर्याप्त स्नातक, स्नातकोत्तर र पीएचडीधारी प्रतिभा हुँदाहुँदै विदेशीलाई प्राथमिकता दिन खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।

कतिपयले प्रत्यक्ष भारतीयलाई लक्षित गर्दै रोश पोखेका छन् । आलोचना बढेपछि सरकारी मुखपत्र मानिने पत्रिकाहरूले खण्डन गर्दै ‘के भिसा’लाई नयाँ युगमा खुला र आत्मविश्वासी चीन देखाउने अवसरको रूपमा चित्रण गरेका छन् ।

यो भिसाले एसटीईएम क्षेत्रमा डिग्री हासिल गरेका वा अनुसन्धान-शिक्षणमा संलग्न विदेशीलाई स्थानीय रोजगारदाताको सिफारिसबिनै आवेदन दिन सक्ने सुविधा दिएको छ । बसाइ र भिसाको अवधिमा पनि लचिलोपन दिइएको छ ।

तर यसले विदेशीलाई वास्तवमै चीनमा रोजगारी गर्ने अधिकार दिने हो वा केवल छोटो अवधिको अध्ययन-अनुसन्धान र भ्रमणलाई सहज बनाउने हो भन्ने अझै स्पष्ट गरिएको छैन ।

भारतीय सञ्जारमाध्यमहरूले भने भारतमा एच–१बी भिसामा निर्भरता धेरै भएकाले त्यहाँ यसलाई अमेरिकाको विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...
: फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ। कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अन्य ७५ जना ...
: अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोहरान ममदानीलाई न्यूयोर्कको मेयरको चुनावमा विजयी भएकोमा बधाई दिएका छन्। 'जोहरान ममदानी, न्यूयोर्कको मेयर बनेकोमा बधाई छ। राम्रो, न्यायपूर्ण र पहुँचयोग्य न्यूयोर्क निर्माण गर्ने तपाईंको अभियानको जोश र उत्साहलाई प्रयोग गर्न म तपाईंलाई शुभकामना दिन्छु,' क्लिन्टनले भने । क्लिन्टनकी श्रीमती तथा पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले पनि जोहरान ममदानीलाई बधाई ...
मेयर बनेपछि ट्रम्पमाथि ममदानीको टिप्पणी - जसले तपाईंलाई सफल बनाउँछ, उसले हराउन पनि सक्छ
: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ। सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना ...