मुख्य समाचार
चीनले विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरे
चीनले विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरे

। चीनले विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित (एसटीईएम) क्षेत्रमा विदेशी विशेषज्ञलाई आकर्षित गर्ने उद्देश्यले नयाँ ‘के भिसा’ लागू गरेको छ ।

सन् २०२५ को अगस्टमै घोषणा गरिएको भए पनि हालैदेखि नियम कार्यान्वयन भएपछि यसबारे बहस सुरु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले यसलाई अमेरिकाको ‘एच-१बी भिसा’ जस्तै भन्दै समाचार प्रकाशित गरेपछि चीनभित्र यसको आलोचना भइरहेको छ ।

अमेरिकाले हालै एच-१बी भिसाको शुल्क धेरै गुणा बढाएपछि भारतीय युवाप्रतिभामा असन्तोष बढेको र यसैबीच चीनको नयाँ भिसालाई विकल्पका रूपमा हेरिएको थियो ।



पछिल्ला वर्षहरूमा एच-१बी भिसाको करिब ७० प्रतिशत भारतीयले पाउँदै आएको तथ्यांकलाई उदाहरण दिँदै भारतीय मिडियाले चीनको कदमलाई विशेष महत्व दिएको हो । तर, चीनभित्र भने यो भिसाबारे आलोचना भइरहेको बीबीसीले जनाएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा हजारौँ प्रयोगकर्ताले आफ्नै देशमा पर्याप्त स्नातक, स्नातकोत्तर र पीएचडीधारी प्रतिभा हुँदाहुँदै विदेशीलाई प्राथमिकता दिन खोज्नु गलत भएको टिप्पणी गरेका छन् ।

कतिपयले प्रत्यक्ष भारतीयलाई लक्षित गर्दै रोश पोखेका छन् । आलोचना बढेपछि सरकारी मुखपत्र मानिने पत्रिकाहरूले खण्डन गर्दै ‘के भिसा’लाई नयाँ युगमा खुला र आत्मविश्वासी चीन देखाउने अवसरको रूपमा चित्रण गरेका छन् ।

यो भिसाले एसटीईएम क्षेत्रमा डिग्री हासिल गरेका वा अनुसन्धान-शिक्षणमा संलग्न विदेशीलाई स्थानीय रोजगारदाताको सिफारिसबिनै आवेदन दिन सक्ने सुविधा दिएको छ । बसाइ र भिसाको अवधिमा पनि लचिलोपन दिइएको छ ।

तर यसले विदेशीलाई वास्तवमै चीनमा रोजगारी गर्ने अधिकार दिने हो वा केवल छोटो अवधिको अध्ययन-अनुसन्धान र भ्रमणलाई सहज बनाउने हो भन्ने अझै स्पष्ट गरिएको छैन ।

भारतीय सञ्जारमाध्यमहरूले भने भारतमा एच–१बी भिसामा निर्भरता धेरै भएकाले त्यहाँ यसलाई अमेरिकाको विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम