मुख्य समाचार
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृत्यु
पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक झडप, तीन प्रहरीको मृत्यु

। पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । चम्याती क्षेत्रमा भएको झडपमा तीन जना प्रहरीको ज्यान गएको छ भने करिब १५० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ ।

पीएकेका प्रधानमन्त्री चौधरी अनवारुल हक र संघीय मन्त्री तारिक फजल चौधरीले संयुक्त पत्रकार सम्मेलन गर्दै घटनाको पुष्टि गरेका छन् । प्रधानमन्त्री हकले हिंसाबाट कुनै उद्देश्य हासिल गर्न नसकिने बताउँदै संघर्षहरूको समाधान सधैं वार्तामार्फत खोजिनुपर्ने धारणा राखेका छन् ।

संघीय मन्त्री चौधरीले भने पाकिस्तानका प्रधानमन्त्रीले आफूलाई समितिका नेताहरूसँग छलफल गरी समाधान निकाल्ने जिम्मेवारी दिएको जानकारी दिएका छन्। उनका अनुसार समितिको ९० प्रतिशत माग पूरा भइसकेको छ र बाँकी विषयमा पनि छलफल गर्न तयार रहेको बताए ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पीएकेमा बिग्रिँदो परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनाको पारदर्शी छानबिन गर्न आदेश दिएका छन्। उनले अधिकारीहरूलाई विरोध प्रदर्शनबाट प्रभावित परिवारलाई तत्काल सहयोग उपलब्ध गराउन निर्देशन पनि दिएका छन् ।

उनले भने, ‘शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु प्रत्येक नागरिकको संवैधानिक र लोकतान्त्रिक अधिकार हो तर प्रदर्शनकारीले सार्वजनिक व्यवस्था अव्यवस्थित हुने कार्यबाट बच्नुपर्छ ।’

प्रदर्शनकारीहरूले जम्मु कश्मीर पब्लिक एक्शन कमिटी (पीएसी) मार्फत सरकारसँग प्रशासनिक अधिकारी र राजनीतिक नेताहरूका विशेषाधिकार समाप्त गर्ने, पाकिस्तानमा रहेका शरणार्थीका लागि १२ विधानसभा सिटको व्यवस्था, निःशुल्क स्वास्थ्य सुविधा, पोशाक र शिक्षा, अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना, कोटा प्रणालीको अन्त्य र न्यायिक प्रणालीमा सुधार जस्ता मागहरू राखेका छन् ।

हालै सरकार र पीएसीबीच भएको वार्ता असफल भएपछि विरोध प्रदर्शन अझ चर्किएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम