मुख्य समाचार
सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु
सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु

— पाँचदिन अघि राप्ती राजमार्ग अन्तर्गत सल्यानको चोरखोलामा भएको फोर्स गाडी दुर्घटनामा सख्त घाइते भएकी महिलाको मृत्यु भएको छ । सख्त घाइते भएकी ३६ वर्षीया विना केसीको उपचारको क्रममा मृत्यु भएको हो । उनको मृत्यु भएपछि उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या चार जना पुगेको छ ।


गत असोज १२ गते रुकुम पश्चिमबाट दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको जिप राप्ती राजमार्ग अन्तर्गत कुपरकोट गाउँपालिका ३- चोरखोला नजिकै दुर्घटना हुँदा रुकुम जिल्लाको बाँफिकोट गाउँपालिका–५ का एकै घरका वर्ष २७ का प्रकाश केसी, शशिधर केसी र वर्ष ६८ की पवी केसीको घटनास्थलमै मृत्यु भएको थियो भने वर्ष ४७ का खगेन्द्र केसी र ३६ वर्षकी बिना केसी सख्त घाइते भएका थिए ।

सख्त घाइते भएकी विनाको भारतको लखनउस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम खत्रीले बताए । लखनउमा मृत्यु भएकी उनको शवलाई आफन्तले पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुकुम लगेको उनले जानकारी गराए ।

उनका अनुसार वर्ष ६८ की पवी केसी बिरामी भएपछि घर परिवारले उपचार गर्न लैजाँदै गर्दा जिप अनियन्त्रित भएर चोरखोलामा दुर्घटनामा परेको थियो । जिप सडकदेखि २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १२ जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकल तथा निजी अस्पतालतर्फ पठाई अवैध कमिसनको चलखेल भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक बबिन राईले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई सस्तो मूल्यमा औषधि मिलाइदिने ...
। काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । आयोगका अनुसार ढुंगानासहित फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी सहायक लबेन्द्र कुँवर, ...
। विभिन्न जिल्लाबाट उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी र ओपीडीमा आएका बिरामीलाई गलत सूचना दिएर निजी अस्पतालमा जान प्रोत्साहित गर्ने १२ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–३ बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी, सप्तरीकै राजविराज नगरपालिका–६ बस्ने २७ वर्षीया रविना मण्डल, भोजपुर आमचोक गाउँपालिका–८ बस्ने ३५ वर्षीय ...
। जिल्ला प्रहरी कार्यालय गुल्मीले गुणस्तर परीक्षणमा नेपाल सरकारले तोकेको मापदण्डअनुसार नरहेको पुष्टि भएको करिब ४०० केजी मह नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र वीर विश्कर्माका अनुसार गत जेठ २७ गते रेसुङ्गा नगरपालिका–८ बुढाथोकी बसपार्क क्षेत्रमा मह बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो । ...
। देशका विभिन्न ११ जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ ७ वटा जिल्लामा पूर्णरूपमा नियन्त्रणमा आएको छ । पशुसेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो । यद्यपि, उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । विभागले यी चार ...