मुख्य समाचार
सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले उपत्यकाका नदी आसपासको क्षेत्रमा गस्ती
सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले उपत्यकाका नदी आसपासको क्षेत्रमा गस्ती

— सम्भावित विपद्लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले उपत्यकाका नदी आसपासको क्षेत्रमा गस्ती बढाएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गस्तीसँगै नदी आसपासको क्षेत्रमा सचेतनामूलक माइकिङसमेत गरिएको छ ।


'सम्भावित मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै शुक्रबार साँझ चोभार, बल्खु, बालाजु, माछापोखरी बनस्थली लगायताका स्थानमा पट्रोलिङ तथा माइकिङ गरिएको छ,' थापाले भने, 'सशस्त्र प्रहरी बलले विशेष गरी खोला किनार तथा डुबान हुन सक्ने ठाउँहरूको पहिचान गरेर त्यहाँ गस्ती र माइकिङ गरेको हो ।'

त्यस्ता ठाउँका नागरिकलाई सुरक्षित रहन र आपत‍्को अवस्थामा उद्दारका लागि तत्काल सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ मा फोन गर्नसमेत सूचित गराइएको छ ।
यसैबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले समेत शुक्रबार उपत्यकाका विभिन्न सशस्त्र प्रहरी युनिटहरूको निरीक्षण समेत गरेका छन् । मौसम पूर्वानुमान विभागले नदीहरूमा पानीको बहाव बढ्ने भन्दै बाढी र पहिरो जान सक्ने पूर्वसूचना दिएपछि पूर्वतयारी बढाइएको छ । यस्तोमा गृहमन्त्री अर्यालले विभिन्न युनिटमा पुगेर स्रोत, साधनसहित तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरीसँग विपद् व्यवस्थापनका लागि गोताखोर, विपद् उद्दार तालिम प्राप्त जनशक्ति, र्‍याफ्ट बोट, मोटरबोट, हेभी इक्युपमेन्ट, मास क्याजु अल्टी भेइकल लगायत सामग्री छन् । गृहमन्त्री अर्यालले शुक्रबार दिउँसो नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय, सामाखुशीको समेत निरीक्षण गरेका थिए । गृह मन्त्रालयले विपद्‍‍बाट प्रभावित हुन सक्ने जिल्लाहरूलाई तयारी गर्न समेत निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको वैठले पूर्व उपसभापति खड्कालाई सात दिने स्पष्टीकरण सोधेको अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । आज पार्टी केन्द्रीय कार्यालय सानेपाको बीपी स्मृति भवनमा बसेको अनुशासन समितिको वैठकले यस्तो निर्णय गरेको हो । अनुशासन समितिले खड्काले ...
: सरकारले गत भदौ २३ र २४ गते भएको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सम्बन्धमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले ...
: सरकारले इजरायलसहित चार देशका लागि पुनः श्रम स्वीकृति खुलाएको छ । सरकारले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले जनाएको छ । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति ...
: सरकारले सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति जाँचबुझ आयोग बनाउने निर्णय गरेको हो। २०६२/६३ देखि हालसम्मको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण तथा छानबिन गर्न आयोग बनाउने निर्णय गरेको हो। सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा आयोग ...
: प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन वैशाख ४ गते हुँदैछ। ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ। निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ देखि ४ बजेसम्म ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ। सभापतिको मनोनयनसम्बन्धी प्रस्तावमा सम्बन्धित समितिका एक जना ...