मुख्य समाचार
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ

। जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइचीलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ।

जापानमा बहुमत प्राप्त दलको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास अनुसार, उनी जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।

ताकाइचीलाई पूर्व प्रधानमन्त्री सिन्जो आबेकी नजिककी नेतृ मानिन्छ। आबे जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेता हुन्। पछिल्ला पाँच वर्षमा जापानमा चार पटक प्रधानमन्त्री परिवर्तन भइसकेका छन्, र ताकाइची पाँचौं प्रधानमन्त्री बन्ने तयारीमा छिन्।

ताकाइचीले पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा र हालका कृषि मन्त्री कोइजुमी सिन्जिरोलाई हराएर पार्टी अध्यक्ष जितेकी हुन्। कोइजुमीले अध्यक्ष जित्दा उनी देशकै पहिलो कम उमेरका प्रधानमन्त्री बन्न सक्थे ।

चुनावको पहिलो चरणमा कुनै उम्मेदवारले पूर्ण बहुमत नपाएपछि शीर्ष दुई उम्मेदवार ताकाइची र कोइजुमीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा ताकाइचीले १८५ मत प्राप्त गर्दा कोइजुमीले १५६ मत पाए।

ताकाइची प्रधानमन्त्री बन्ने प्रक्रियाका लागि संसदमा मतदान छिट्टै हुनेछ। ताकाइचीले हालका प्रधानमन्त्री शिगेरू इशिबाको स्थान लिनेछिन्।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा पार्टीले हार बेहोरेपछि इशिबाविरुद्ध असन्तुष्टि बढेको थियो।

एलडीपीले ताकाइचीलाई त्यस्तो समयमा नेतृत्व सुम्पिएको हो जब देशमा महँगीका कारण जनताको असन्तुष्टि बढेको छ र विपक्षी दलहरूको समर्थन पनि बढ्दै गएको छ।

एलडीपीले ताकाइचीको नेतृत्वमा जनताको समर्थन बढाउँदै राजनीतिक अस्थिरता रोक्ने विश्वास गरेको छ ।

पार्टी अध्यक्ष निर्वाचित भएपछि उनले भनिन्, ‘म खुशी भन्दा बढी अबको बाटो कति कठिन हुनेछ भनेर सोच्दैछु ।’

को हुन् ताकाइची ?

ताकाइची एलडीपीकी दक्षिणपन्थी धारकी नेतृ हुन् । पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट रहेकी उनी संविधान संशोधन र राष्ट्रिय सुरक्षामा मुखर देखिंदै आएकी छन् । उनी सन् २०२४ को निर्वाचनमा रनर-अप थिइन् ।

क्वाड र इन्डो–प्यासिफिक सहयोगमा जोड दिंदै आएकी उनले बढी खर्च गरेर आर्थिक वृद्धि गर्ने, स्थानीय सरकारलाई मुद्रास्फीति नियन्त्रणका लागि सहयोग रकम दिने योजनाको पनि अगाडि सारेकी छन् । आलोचकहरू भन्छन्— प्रधानमन्त्री बनेमा उनले बैंक अफ जापानको ब्याजदर बढाउने प्रयास रोक्न सक्छिन् ।

लगानीकर्ताहरू ताकाइचीको जितलाई लिएर बढी चिन्तित छन्। उनले वृद्धि प्रोत्साहन गर्न खर्च बढाउने सम्भावना छ र मुद्रास्फीतिसँग लड्न स्थानीय सरकारहरूलाई पैसा बाँड्ने पक्षमा छिन्। उनले ब्याज दर बढाउने बैंक अफ जापानको प्रयासमा ब्रेक लगाउन सक्छिन् भन्ने आशंका उनका आलोचकमा छ ।

उनी हालैको ट्रम्प प्रशासनसँगको व्यापार सम्झौता (ट्रेड डिल) की विरोधी हुन्। उनका अनुसार उक्त सम्झौताबारे फेरि वार्ता गर्नुपर्छ ।

उक्त सम्झौताअनुसार जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो।

ताकाइची समलैंगिक विवाहकी विरोधी हुन्। यसले पारिवारिक मूल्यहरू कमजोर बनाउँछ भन्ने उनको तर्क छ ।

उनी आप्रवासन नियमहरू कडा बनाउन पक्षमा छिन् र गैरकानूनी रूपमा प्रवेश गर्नेहरूलाई सजाय दिनुपर्ने बताउँछिन्।

उनको कट्टरपन्थी स्वभाव प्रतिनिधित्व गर्ने पछिल्लो एउटा काम अहिले पनि चर्चामा छ ।

जापानमा युद्धमा मरेका सैनिकहरूको आत्मालाई श्रद्धाञ्जलि दिन सन् १८६९ मा टोकियोस्थित यासुकुनी मन्दिर स्थापना गरिएको थियो।

चीन र दक्षिण कोरियाले यो स्थललाई जापानी साम्राज्यवादको प्रतीक मान्छन् । किनकि जापानी सेनाका युद्ध अपराधहरू (जस्तै नानकिङ नरसंहार, जबरजस्ती श्रम र यौन दासता) यसैसँग जोडिएका छन्।

त्यसैले जब कुनै जापानी प्रधानमन्त्रीले यासुकुनी मन्दिर भ्रमण गर्छन्, ती देशहरू असन्तुष्ट हुन्छन्।

ताकाइचीले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुअघि १५ अगस्टमा यासुकुनी भ्रमण गरेकी थिइन् । यसबाट उनी के सन्देश दिन चाहन्छिन् भन्ने प्रष्ट हुन्छ ।


निजी जीवन

ताकाइचीले सन् २००४ मा सांसद ताकू यामामोटोसँग विवाह गरेकी थिइन्। राजनीतिक मतभेदका कारण उनीहरू सन् २०१७ मा अलग भएका थिए।

तर सन् २०२१ डिसेम्बरमा उनीहरू पुनः दाम्पत्य जीवनमा फर्कने निर्णयमा पुगे ।

त्यसपछि ताकूले आफ्नो थर परिवर्तन गरी ताकाइची राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...