मुख्य समाचार
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ

। जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइचीलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ।

जापानमा बहुमत प्राप्त दलको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास अनुसार, उनी जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।

ताकाइचीलाई पूर्व प्रधानमन्त्री सिन्जो आबेकी नजिककी नेतृ मानिन्छ। आबे जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेता हुन्। पछिल्ला पाँच वर्षमा जापानमा चार पटक प्रधानमन्त्री परिवर्तन भइसकेका छन्, र ताकाइची पाँचौं प्रधानमन्त्री बन्ने तयारीमा छिन्।

ताकाइचीले पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा र हालका कृषि मन्त्री कोइजुमी सिन्जिरोलाई हराएर पार्टी अध्यक्ष जितेकी हुन्। कोइजुमीले अध्यक्ष जित्दा उनी देशकै पहिलो कम उमेरका प्रधानमन्त्री बन्न सक्थे ।

चुनावको पहिलो चरणमा कुनै उम्मेदवारले पूर्ण बहुमत नपाएपछि शीर्ष दुई उम्मेदवार ताकाइची र कोइजुमीबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणको प्रतिस्पर्धामा ताकाइचीले १८५ मत प्राप्त गर्दा कोइजुमीले १५६ मत पाए।

ताकाइची प्रधानमन्त्री बन्ने प्रक्रियाका लागि संसदमा मतदान छिट्टै हुनेछ। ताकाइचीले हालका प्रधानमन्त्री शिगेरू इशिबाको स्थान लिनेछिन्।

जुलाईमा भएको माथिल्लो सदनको निर्वाचनमा पार्टीले हार बेहोरेपछि इशिबाविरुद्ध असन्तुष्टि बढेको थियो।

एलडीपीले ताकाइचीलाई त्यस्तो समयमा नेतृत्व सुम्पिएको हो जब देशमा महँगीका कारण जनताको असन्तुष्टि बढेको छ र विपक्षी दलहरूको समर्थन पनि बढ्दै गएको छ।

एलडीपीले ताकाइचीको नेतृत्वमा जनताको समर्थन बढाउँदै राजनीतिक अस्थिरता रोक्ने विश्वास गरेको छ ।

पार्टी अध्यक्ष निर्वाचित भएपछि उनले भनिन्, ‘म खुशी भन्दा बढी अबको बाटो कति कठिन हुनेछ भनेर सोच्दैछु ।’

को हुन् ताकाइची ?

ताकाइची एलडीपीकी दक्षिणपन्थी धारकी नेतृ हुन् । पूर्वप्रधानमन्त्री शिन्जो आबेकी निकट रहेकी उनी संविधान संशोधन र राष्ट्रिय सुरक्षामा मुखर देखिंदै आएकी छन् । उनी सन् २०२४ को निर्वाचनमा रनर-अप थिइन् ।

क्वाड र इन्डो–प्यासिफिक सहयोगमा जोड दिंदै आएकी उनले बढी खर्च गरेर आर्थिक वृद्धि गर्ने, स्थानीय सरकारलाई मुद्रास्फीति नियन्त्रणका लागि सहयोग रकम दिने योजनाको पनि अगाडि सारेकी छन् । आलोचकहरू भन्छन्— प्रधानमन्त्री बनेमा उनले बैंक अफ जापानको ब्याजदर बढाउने प्रयास रोक्न सक्छिन् ।

लगानीकर्ताहरू ताकाइचीको जितलाई लिएर बढी चिन्तित छन्। उनले वृद्धि प्रोत्साहन गर्न खर्च बढाउने सम्भावना छ र मुद्रास्फीतिसँग लड्न स्थानीय सरकारहरूलाई पैसा बाँड्ने पक्षमा छिन्। उनले ब्याज दर बढाउने बैंक अफ जापानको प्रयासमा ब्रेक लगाउन सक्छिन् भन्ने आशंका उनका आलोचकमा छ ।

उनी हालैको ट्रम्प प्रशासनसँगको व्यापार सम्झौता (ट्रेड डिल) की विरोधी हुन्। उनका अनुसार उक्त सम्झौताबारे फेरि वार्ता गर्नुपर्छ ।

उक्त सम्झौताअनुसार जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने वाचा गरेको थियो।

ताकाइची समलैंगिक विवाहकी विरोधी हुन्। यसले पारिवारिक मूल्यहरू कमजोर बनाउँछ भन्ने उनको तर्क छ ।

उनी आप्रवासन नियमहरू कडा बनाउन पक्षमा छिन् र गैरकानूनी रूपमा प्रवेश गर्नेहरूलाई सजाय दिनुपर्ने बताउँछिन्।

उनको कट्टरपन्थी स्वभाव प्रतिनिधित्व गर्ने पछिल्लो एउटा काम अहिले पनि चर्चामा छ ।

जापानमा युद्धमा मरेका सैनिकहरूको आत्मालाई श्रद्धाञ्जलि दिन सन् १८६९ मा टोकियोस्थित यासुकुनी मन्दिर स्थापना गरिएको थियो।

चीन र दक्षिण कोरियाले यो स्थललाई जापानी साम्राज्यवादको प्रतीक मान्छन् । किनकि जापानी सेनाका युद्ध अपराधहरू (जस्तै नानकिङ नरसंहार, जबरजस्ती श्रम र यौन दासता) यसैसँग जोडिएका छन्।

त्यसैले जब कुनै जापानी प्रधानमन्त्रीले यासुकुनी मन्दिर भ्रमण गर्छन्, ती देशहरू असन्तुष्ट हुन्छन्।

ताकाइचीले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुअघि १५ अगस्टमा यासुकुनी भ्रमण गरेकी थिइन् । यसबाट उनी के सन्देश दिन चाहन्छिन् भन्ने प्रष्ट हुन्छ ।


निजी जीवन

ताकाइचीले सन् २००४ मा सांसद ताकू यामामोटोसँग विवाह गरेकी थिइन्। राजनीतिक मतभेदका कारण उनीहरू सन् २०१७ मा अलग भएका थिए।

तर सन् २०२१ डिसेम्बरमा उनीहरू पुनः दाम्पत्य जीवनमा फर्कने निर्णयमा पुगे ।

त्यसपछि ताकूले आफ्नो थर परिवर्तन गरी ताकाइची राखेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम