। भिनिसियस जुनियरको दुई गोल मद्तमा भियारियाललाई ३-१ ले पराजित गर्दै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।
रियलको घरेलु मैदानमा भएको खेलमा सबै चार गोल दोस्रो हाफमा भएको थियो ।
भिनिसियसले ४७औं मिनेटमा केलिएन एमबाप्पेको पासमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले ६९औं मिनेटमा पेनाल्टीबाट गोल गरी अग्रता दोब्बर पारे ।
भियारियालका मिकाउटाड्जेले ७३औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेका थिए । तर एमबाप्पेले ८१औं मिनेटमा ब्राहिम डियाजको पासमा गोल गर्दै रियलको जित पक्का गरे ।
७७औं मिनेटमा सान्टियागो माउरिन्हो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भियारियल दश खेलाडीमा समेटिएको थियो ।
जितपछि ८ खेलबाट २१ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । समान खेलबाट १६ अंकसहित भियारियल तेस्रो स्थानमै छ ।
रियल भन्दा एक खेल कम खेलेको बार्सिलोना १९ अंकसहित दोस्रो स्थानमा छ । बार्सिलोनाले आइतबार सेभियासँग खेल्दैछ र शीर्ष स्थानमा उक्लने मौका छ ।