। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत तेस्रो खेलमा हार बेहोरेको छ ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा मलेसियाले नेपाललाई १३ रनले हराएको हो ।
मलेसियाले दिएको १२१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन् । कप्तान इन्दु बर्मा २२ रनमा अविजित रहिन् ।
मलेसियाकी नुर दानिया स्युहादा र आइसा एलिसाले १-१ विकेट लिए । नेपालका ६ जना ब्याटर रनआउट भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर १२० रन बनाएको थियो । आइना हमिजाले सर्वाधिक ६१ रन बनाइन् । मास एलिसाले ३० रन बनाइन् ।
नेपालकी कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए ।
नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।
योसँगै ५ खेलको शृंखलामा मलेसियाले २-१ को अग्रता बनाएको छ ।