मुख्य समाचार
कुर्सी जडान नहुँदा कभर्डहल ५ वर्षदेखि अलपत्र
कुर्सी जडान नहुँदा कभर्डहल ५ वर्षदेखि अलपत्र

— जिल्ला सदरमुकाम मन्थलीमै बहुउद्देश्यीय कभर्डहल वर्षौंदेखि अधुरो छाडिएको छ । मन्थली नगरपालिका–२ स्थित भुत्त्याहा खोला किनारमा निर्माणाधीन कभर्डहल ५ वर्षदेखि अलपत्र छ । २०७७ असारमा निर्माण सुरु गरिएको कभर्डहल १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य थियो ।


बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८ सय ८० रुपैयाँमा सुनकोसी–गिरी जेभी, काठमाडौंसँग ठेक्का सम्झौता भएको थियो । ६० प्रतिशतभन्दा बढी संरचना निर्माण भइसके पनि निर्माण व्यवसायीले रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा काम रोकिएकै वर्षौं भइसक्यो ।

स्थानीय खेलाडी रमेश चापागाईं भन्छन्, ‘कभर्डहल बन्न थालेपछि खेलाडीमा उत्साह थपिएको थियो । तर १८ महिनामा बन्नुपर्ने ५ वर्षसम्म बनेको छैन । यसले खेलाडीलाई असुविधा भएको छ ।’ सबै संरचना निर्माण भइसके पनि नेपालमै अहिलेसम्म प्रयोगमा नआएको भनिएको रिमोटबाट चल्ने १ हजार १८० वटा अटोमेटिक कुर्सी जडान गर्न नसक्दा कभर्डहल अलपत्र बनेको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताए ।

उनका अनुसार ५ वर्षअघि सुरु भएको कभर्डहल अहिले जीर्ण बन्दै गएको छ । ‘बनेका संरचना फुट्ने र भत्किने अवस्थामा पुगेका छ,’ उनले भने, ‘वडाध्यक्षको काम खेलकुद पूर्वाधार संरक्षण नभई कभर्डहलमा पस्ने पशुचौपाया धपाउने काममा सीमित भएको छ ।’

सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रे र ठेक्का पाएको निर्माण कम्पनी सुनकोशी–गिरी जेभी काठमाडौंबीच लगातार आरोप–प्रत्यारोपका कारण राज्यको करोडौं रुपैयाँको लगानी अलपत्र बनेको अध्यक्ष कार्कीको भनाइ छ । सामाजिक विकास कार्यालय काभ्रेकी प्रमुख रनमाया फ्याकका अनुसार मन्थलीस्थित बहुउद्देश्यीय कभर्डहल सामाजिक विकास मन्त्रालयको ६ करोड ५७ लाख ९२ हजार ८८० मध्ये अन्य संरचनाबाहेक करिब २ करोड ८५ लाख रुपैयाँ अटोमेटिक कुर्सी जडानका लागि स्टमेट गरिएको थियो ।

तर, सोही काम जम्मा ८५ लाख रुपैयाँमा गर्ने गरी सुनकोशी–गिरी जेभीले ठेक्का पाएको र काम पूरा गर्न नसक्दा योजना अलपत्र बनेको उनले बताइन् । उनले भनिन्, ‘२ करोड ८५ लाखको स्टमेट रहेको अटोमेटिक कुर्सी जडान गर्ने काम ८५ लाखमा ठेक्का पाएको हो । अहिले यही काम नसकेर योजना रोकिएको अवस्था छ । निर्माण व्यवसायीले काम गर्छु भन्ने प्रतिबद्धता जनाएका छन् । अरू कुनै विकल्प छैन, तोकिएको बजेटमै काम गर्नुपर्छ ।’

उनका अनुसार प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सचिवस्तरीय निर्णयमार्फत २०८३ जेठसम्म काम सक्ने गरी म्याद थपिएको छ । म्याद थपिएको पछिल्लो चरणमा कार्यालयका इन्जिनियर र निर्माण व्यवसायीबीच अटोमेटिक चियर जडानबारे छलफल भएको र त्यसपछि निर्माण व्यवसायीले काम अघि बढाइसकेको जानकारी दिएको प्रमुख फ्याकको भनाइ छ ।

सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले मन्थलीको बहुउद्देश्यीय कभर्डहल योजना सम्पन्न गर्न देखिएका कानुनीलगायत समस्या समाधान गरी दसैं सकिएलगत्तै बाँकी काम सुरु गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘यो अहिले क्रोनिक प्रोजेक्ट बनेको छ । मन्त्रालयमै चर्चाको विषय बनेपछि स्वयं अनुगमनमा आए । कानुनी जटिलता, निर्माण व्यवसायी र कार्यालयबीचको समन्वय, स्थानीय सरकारका धारणा सबै सुनेका छौं । अब देखिएका समस्या समाधान गरेर दसैं सकिएपछि बाँकी काम सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम