मुख्य समाचार
बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराए
बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराए

— पछिल्लो समय बायर्न म्युनिख साँच्चै कीर्तिमानी लयमा छ । यसलाई अद्धितीय भन्न पनि मिल्छ । भर्खरै बायर्नले जर्मन बुन्डेसलिगामा इन्ट्राख्ट फ्रान्कफर्टलाई ३–० ले हराएको छ ।


अहिले छाँटकाँट के देखिएको छ भने भिन्सेन्ट कोम्पनीको टिमले जहाँ खेल्छ, त्यहीं जित्छ भन्ने लाग्न थालेको छ । अहिलेसम्म बायर्नले कुनै पनि प्रतियोगिताको खेल गुमाएको छैन । युरोपका खास पाँच ठूला लिगमा बायर्नको यो सिजन बेजोड छ ।

बायर्न नै एकमात्र त्यस्तो टिम रहेको छ, जसले सुरुआती सबै १० खेल जितेको छ । यसमा घरेलु लिग र कपसँगै युरोपेली च्याम्पियन्स लिगका खेल पनि पर्छ । त्यसको अर्थ के भने यो सिजन यी तीनै प्रतियोगितामा उपाधिको कोही एक बलियो दावेदार कोही छ भने त्यो बायर्न नै हो । अझ उल्लखेनीय पक्ष के भन्दा बायर्नले यो सबै सफलता आफ्ना दुई प्रमुख खेलाडीविना प्राप्त गरेको हो र उनीहरू हुन्, जमल मुसियला र अल्फान्सो डेभिस ।

यी दुवै खेलाडी चोटमुक्त हुँदै मैदानमा फर्कने क्रममा छन् । उनीहरू आएयता बायर्न अझ कति बलियो हुने हो, त्यो अनुमान मात्र गर्न सकिन्छ । बायर्नको अहिलेसम्मको यात्रामा कोही एक खेलाडीको साँच्चै ठूलो योगदान छ भने उनी हुन्, इंग्लिस कप्तान ह्यारी केन । खासमा बायर्न मात्र होइन्, उनी आफैं पनि उत्कृष्ट व्यक्तिगत लयमा छन् । उनको प्रदर्शन पनि युरोपका ठूला पाँच लिगका खेलाडीको तुलनामा एक पाइला अगाडि रहेको छ ।

केही फुटबल पण्डितले केन आफ्नो पूरा खेल जीवनमै अहिले सबैभन्दा बढी लयमा रहेको समेत विश्लेषण गरेका छन् । बायर्नले यसपल्ट खेलका १० खेलमध्ये १८ गोल गरिसकेका छन् । पछिल्लो साता मात्रै उनी ती ठूला पाँच लिगका खेलाडीमध्ये सबैभन्दा चाँडै कम खेल खेलेर सय गोल गर्ने खेलाडी बनेका थिए । यसअघि यस्तै कीर्तिमान क्रिस्टियानो रोनाल्डो र इर्लिङ हालान्डको नाममा थियो । केनले यिनै दुई खेलाडीको कीर्तिमान उछिनेका हुन् ।

फ्रान्कफर्टविरुद्धको खेलमा पनि उनले एक गोल गरे । त्यस खेलपछि उनको प्रतिक्रिया थियो, ‘यस खेलमा पनि हाम्रो प्रदर्शन उच्च रह्यो । पहिलो हाफमा दुई गोल गरेपछि खेल सजिलै हाम्रो पक्षमा रह्यो । दोस्रो हाफमा हामीले अझ बढी गोल गर्नुपर्ने थियो । अहिले हामी जुन लयमा छौं, त्यसलाई पूरा सिजन कायम राख्नुपर्ने हुन्छ । अबको साता हामी सबै राष्ट्रिय टिमका लागि खेल्नमा व्यस्त हुनेछौं । त्यसपछि हाम्रा लागि सबैभन्दा महत्त्वको खेल रहेको छ र यो बोरुसिया डर्टमन्डविरुद्ध हुनेछ ।’ रोनाल्डो र हालान्डले सय गोलका लागि १ सय ५ खेलेका थिए ।

केनले यही उपलब्धिका लागि एक खेल कम खेले, त्यो भनेको १ सय ४ खेल । कुनै पनि सिजनको सुरुआतमा यो प्रदर्शनले लियोनल मेसी र रोनाल्डोसँगै बायर्नका लागि रोबर्ट लेवान्डोस्कीकै प्रदर्शनलाई पनि उछिनेको छ । च्याम्पियन्स लिगमा पनि पाफोसविरुद्धको खेलमा केनले दुई गोल गरे । केनले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको ५९ खेलमा ४४ गोल गरिसकेका छन् । यसको अर्थ के भने उनको गोल औसत प्रत्येक खेलमा ०.७५ रहेको छ, जुन आफैमा उत्कृष्ट हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम