मुख्य समाचार
३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार
३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

— शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइएको छ । नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोल्ममा आयोजित एक कार्यक्रममा प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो ।


शरीरको प्रतिरोध प्रणालीमा 'रेग्युलेटरी टी-सेल' नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई चिकित्सातर्फको नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

यस वर्षको चिकित्सा नोबेल पुरस्कार विजेताहरूले प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कसरी नियन्त्रणमा राखिन्छ भन्ने कुरा पत्ता लगाएका छन् । शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगहरूमा आक्रमण गर्न सक्छ ।

ब्रन्को, राम्सडेल र साकागुचीले 'पेरिफेरल इम्युन टोलरन्स' सम्बन्धी आफ्नो नवीन खोजका लागि यस वर्षको नोबेल पुरस्कार पाएका हुन् । वैज्ञानिकहरूको नयाँ खोजले क्यान्सर तथा 'अटोइम्युन' रोगहरूको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको छ । यसले अंग प्रत्यारोपण (ट्रान्सप्लान्टेसन)लाई अझ सफल बनाउन पनि मद्दत पुर्‍याउन सक्ने वैज्ञानिकहरूले जनाएका छन् । यीमध्ये केही उपचारहरू अहिले नै क्लिनिकल ट्रायलमा छन्।

नोबेल विजेताले नोबेल डिप्लोमा, नोबेल पदक र १ करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ । यस वर्ष अक्टोबर ७ मा भौतिकशास्त्र, अक्टोबर ८ मा रसायनशास्त्र, अक्टोबर ९ मा साहित्य, अक्टोबर १० मा शान्ति र अक्टोबर १३ मा अर्थशास्त्रतर्फको पुरस्कार विजेताको नाम घोषणा गर्ने नोबेल कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम