मुख्य समाचार
दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित
दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित

: नेपालले आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको दोस्रो अभ्यास खेलमा पनि नेपालले जित निकालेको छ। सोमबार भएको दोस्रो अभ्यास खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो।

नेपालले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन मात्र बनाउन सक्यो। कतारका मुहम्मद तनभिरले ५१ रनको अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै कप्तान मिर्जा बेगले ४० र मोहमद असिमले ३० रन बनाए। नेपालका करण केसीले तीन विकेट लिए। यस्तै नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक/एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७० रनको योगफल खडा गरेको थियो। नेपालका कुशल भुर्तेलले ५६ रनको अर्धशतकीय पालि खेलेका थिए। आक्रामक ब्याटिङ गरेका उनले ३३ बलमा तीन छक्का र पाँच चौका प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान ३८, आरिफ शेखले १३ र आसिफ शेखले ११ रनको योगदान दिए। कतारका मुनिर साद र इक्रमुल्लाह खानले दुई/दुई विकेट लिँदा आरिफ उल्लाह र मुजिबउर रहमानले एक/एक विकेट हात पारेका थिए।

यसअघि नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहमा टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो। वेस्ट इन्डिजलाई २–१ ले हराउँदै नेपालले ऐतिहासिक शृंखला जितेको थियो। यही शृंखलाको उत्साह बोकेर नेपाली टोली ओमान पुगेको हो।

आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह ‘बी’मा नेपालले कुवेतसँग बुधबार र जापानसँग शुक्रबार खेल्नेछ।

आईसीसी टीट्वेन्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नौ टोलीले प्रतिस्पर्धा गर्ने छन्। सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा मलेसिया, कतार र यूएई छन्। यस्तै समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोअ छन्। समूहको शीर्ष दुईमा रहने टोलीले सुपर सिक्समा स्थान बनाउने छ। सुपर सिक्सबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टीट्वेन्टी विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, मोहमद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ शेख, ललितनारायण राजवंशी, गुलसन झा, सोमपाल कामी।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम