मुख्य समाचार
स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा
स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा

: स्वीडेनको करोलिन्सका इन्स्टिच्युटले सोमबार चिकित्सा र शारीरिकी विज्ञानमा नोबेल पुरस्कारको घोषणा गरेको छ। यो पुरस्कार मानव शरीरको प्रतिरक्षा प्रणालीको कार्यसम्पादनमा गरिएको महत्त्वपूर्ण अनुसन्धानका लागि म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र शिमोन सकागुचीलाई प्रदान गर्ने घोषणा गरिएको हो।


यो पुरस्कार 'प्रेरिफेरल इम्यून टोलरेन्स'सम्बन्धी उनीहरूको क्रान्तिकारी अनुसन्धानका लागि दिइने भएको हो, जसले शरीरलाई हानि नगर्ने गरी प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्नका लागि सहयोग पुर्‍याउँछ।

करोलिन्सका इन्स्टिच्युटका रुमेटोलोजी प्रोफेसर म्यारी वारहेन-हर्लेनियसले आफूहरूको अनुसन्धान प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्ने बारेमा भएको बताए। यसले सबै प्रकारका सुक्ष्मजीवसँग लड्न सक्ने र यथासम्भाव स्व-प्रतिरक्षा रोगबाट जोगिन रहेको उनको भनाइ छ।


नोबेल पुरस्कार दिने संस्थाले भन्यो, 'उनीहरूको अनुसन्धानले नयाँ अनुसन्धान क्षेत्रको आधार सिर्जना गरेको छ र क्यान्सर र स्व-प्रतिरक्षा रोगहरूको उपचारको विकासमा प्रेरणा दिएको छ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। प्रशान्त क्षेत्रका राष्ट्रहरूले चीनले हालै प्रशान्त महासागरमा गरेको रणनीतिक क्षेप्यास्त्र परीक्षणको विरोधमा कडा संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले क्षेत्रीय सहमतिका लागि उक्त वक्तव्यको मस्यौदा प्रशान्त टापु फोरमका सदस्य राष्ट्रबीच छलफलमा रहेको जानकारी दिए । ब्रिस्बेनमा पपुवा न्यू गिनी, टोङ्गा र सामोआका नेतासँग सुरक्षा वार्ताअघि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री अल्बानिजले ...
। अमेरिका र इरानबीचको द्वन्द्वले पश्चिम एसियामा थप उग्र रूप लिन थालेको छ। अमेरिकाले इरानमाथि भीषण हवाई हमला गरेलगत्तै इरानले एक अत्याधुनिक अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ भने द्वन्द्वको असर छिमेकी राष्ट्र कुवेतसम्म पुगेको छ। इरानी समाचार एजेन्सी तस्निमका अनुसार, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता हुसेन मोहबीले इरानी वायु रक्षा प्रणालीले बुशेहर ...
: सिरियाको राजधानी दमास्कसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणका क्रममा कम्तीमा दुई वटा विष्फोट भएका छन् । सिरियाको गृह मन्त्रालयका अनुसार विष्फोटमा चार जना प्रहरीसहित कम्तीमा १८ जना घाइते भएका छन् । सरकारी समाचार संस्था सिरिया अरब न्यूज एजेन्सी (साना) ले मंगलबार जानकारी दिएको हो । टेलिभिजन दृश्यहरूमा शहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ । साथै, ...
। मध्य चीनको हुबेई प्रान्तमा सोमबार राति आएको भीषण आँधीबेहरी र चक्रवातका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। यस प्राकृतिक विपत्तिमा परी एक जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय प्रशासनका अनुसार सोमबार राति ७ देखि ११ बजेको समयमा हुबेईको पूर्वी क्षेत्र-विशेषगरी हुआङ्सी, हुआङ्गाङ, एजोउ र ...
। अमेरिकाले होर्मुज स्ट्रेट हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा इरानमाथि शृङ्खलाबद्ध र शक्तिशाली हवाई हमला गरेको छ। अमेरिकी आक्रमणबाट कैयौँ मानिस घाइते भएको खबर छ, यद्यपि हालसम्म कुनै मानवीय क्षतिको पुष्टि भएको छैन। युएस सेन्टकमले मङ्गलबार राति जारी गरेको जानकारीअनुसार अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष चालक दल रहेका व्यावसायिक जहाजहरूलाई निसाना बनाइएपछि यसको रक्षा र ...