मुख्य समाचार
६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइए
६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइए

: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान लिइसकेको छ।


अनुसन्धानका क्रममा जालसाजी गरिएको रकमको एक भाग शिल्पाको बैंक खातामा जम्मा भएको खुलेपछि प्रहरीले उनको बयान लिएको हो।

मुम्बईका दीपक कोठारी नामका व्यापारीले शिल्पा र उनका पतिविरुद्ध रकम ठगीको आरोप लगाएका छन्।

व्यापारी कोठारीका अनुसार सन् २०१५ देखि २०२३ को बीचमा उनले आफ्नो व्यापार बढाउनका लागि शिल्पा र राजको दम्पत्तीलाई ६०.४८ करोड भारु दिएका थिए। तर, उक्त रकम उनीहरूले आफ्नो निजी खर्चमा प्रयोग गरेको ती व्यापारीको आरोप छ।

कोठारीका अनुसार सुरूमा १२ प्रतिशत ब्याजदरमा ७५ करोड रुपैयाँ ऋण दिएका थिए। तर, करबाट बच्नको लागि लगानीको रूपमा देखाइएको थियो। उनीहरूले अप्रिल २०१५ मा ३१.९५ करोड रुपैयाँ र सेप्टेम्बर २०१५ मा २८.५३ करोड रुपैयाँ लिए। जुन ब्याजसहित फिर्ता हुनुपर्ने हो, भएन।

शिल्पाले सेप्टेम्बर २०१६ मा कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी ती व्यापारीको भनाइ छ। रकम लिएर पनि शिल्पा र उनका पतिले वाचा पूरा नगरेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम