: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपील गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले सबैलाई छिटो काम गर्न आग्रह गरेका हुन्।
'हमास र विश्वभरका देशहरू (अरब, मुस्लिम र अन्य) सँगको छलफल धेरै सकारात्मक छ,'ट्रम्पले भने, 'मलाई भनिएको छ कि शान्ति योजनाको पहिलो चरण यसै हप्ता पूरा हुनेछ। म सबैलाई छिटो काम गर्न आग्रह गर्दैछु।'
यसअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बन्धकहरूलाई चाँडै रिहा गर्न सुरू हुने विश्वास व्यक्त गरेका थिए। अमेरिकाको २०-बुँदे शान्ति योजनाका केही सर्तहरू हमासले स्वीकार गरेपछि इजरायल र हमासबीच शान्ति वार्ताका लागि मध्यस्थकर्ताहरू आज इजिप्टमा भेट्ने कार्यक्रम छ।
हमासले इजरायली बन्धकहरूको रिहाइ र गाजाको प्रशासन प्यालेस्टिनी टेक्नोक्रेटहरूलाई हस्तान्तरण जस्ता केही सर्तहरूमा सहमति जनाएको छ भने अन्य प्रमुख सर्तहरूमा वार्ता गर्न चाहेको छ।