मुख्य समाचार
ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपील
ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपील

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध रोक्ने प्रयासमा संलग्न सबै पक्षहरूलाई 'छिटो कदम चाल्न' अपील गरेका छन्। ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले सबैलाई छिटो काम गर्न आग्रह गरेका हुन्।


'हमास र विश्वभरका देशहरू (अरब, मुस्लिम र अन्य) सँगको छलफल धेरै सकारात्मक छ,'ट्रम्पले भने, 'मलाई भनिएको छ कि शान्ति योजनाको पहिलो चरण यसै हप्ता पूरा हुनेछ। म सबैलाई छिटो काम गर्न आग्रह गर्दैछु।'

यसअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले बन्धकहरूलाई चाँडै रिहा गर्न सुरू हुने विश्वास व्यक्त गरेका थिए। अमेरिकाको २०-बुँदे शान्ति योजनाका केही सर्तहरू हमासले स्वीकार गरेपछि इजरायल र हमासबीच शान्ति वार्ताका लागि मध्यस्थकर्ताहरू आज इजिप्टमा भेट्ने कार्यक्रम छ।


हमासले इजरायली बन्धकहरूको रिहाइ र गाजाको प्रशासन प्यालेस्टिनी टेक्नोक्रेटहरूलाई हस्तान्तरण जस्ता केही सर्तहरूमा सहमति जनाएको छ भने अन्य प्रमुख सर्तहरूमा वार्ता गर्न चाहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले मध्यपूर्वका छिमेकी देशहरूलाई आफ्नो शत्रु नमानेको बताएका छन् । इरानका कदमहरू अमेरिकाविरुद्ध मात्र लक्षित रहेको अराघचीले ताएका छन्। इरान अखबारसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘क्षेत्रीय स्तरमा इरानले चालेका कदमहरू यस क्षेत्रका देशहरूप्रतिको शत्रुताले प्रेरित छैनन्। यी कदमहरू अन्य कारणहरूले गर्दा चालिएका हुन्। यी कारणहरूबारे सबै पक्षहरू सजग र जानकार छन्।’ द्वन्द्व समाप्त ...
: मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको ...
। संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतलाई ...
: रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण भएको छ । उक्त जहाजमा चार जना भारतीय नागरिक (नाविक) सवार थिए । कीभस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा चारमध्ये दुई जना भारतीय सुरक्षित रहेको, अन्य दुई ...
— जर्मनीको राजधानी बर्लिनमा शनिबार राति आयोजित प्रसिद्ध प्राइड फेस्टिवलका सहभागीमाथि एउटा भ्यान जाँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन्। घटनापछि प्रहरीले उत्सव र त्यसअन्तर्गतको सांगीतिक कार्यक्रम तत्काल स्थगित गरेको छ। बर्लिन प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनाको पहिचान भएको जनाएको छ। ती व्यक्ति हाल फरार रहेका छन् र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम