मुख्य समाचार
डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी
डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्।


यद्दपि भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ।

पत्रकारहरूले उनलाई के तपाईं शुल्कमा आफ्नो अडान परिवर्तन गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले भनेका थिए ,'यदि मसँग कर लगाउने शक्ति नभएको भए, सातमध्ये कम्तिमा चार युद्ध भइरहेका हुन्थे। मैले युद्ध रोक्नको लागि कर प्रयोग गरें।'


अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको द्वन्द्वबारेमा पनि प्रतिक्रिया दिएका थिए। 'यदि हामीले भारत र पाकिस्तानलाई हेर्‍यौं भने तिनीहरू यो (युद्ध) को लागि तयार थिए। सात लडाकु विमानहरू खसालिएका थिए। तिनीहरू यसको लागि तयार थिए र तिनीहरू आणविक शक्ति हुन्,' उनले भने,' मैले भनेको सबै कुरा धेरै प्रभावकारी थियो। मैले भनेको सबै कुरा कर र व्यापारको बारेमा थियो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...