मुख्य समाचार
डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी
डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच द्वन्द्व रोक्न आफू सक्षम भएको दावी गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले शुल्क र व्यापारको सहयोगमा भारत र पाकिस्तानबीच द्वन्द्व रोकिएको बताएका हुन्।


यद्दपि भारतले भने उनको दावीलाई अस्वीकार गर्दै भारत र पाकिस्तान बीचको मुद्दा द्विपक्षीय भएको बताएको छ।

पत्रकारहरूले उनलाई के तपाईं शुल्कमा आफ्नो अडान परिवर्तन गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले भनेका थिए ,'यदि मसँग कर लगाउने शक्ति नभएको भए, सातमध्ये कम्तिमा चार युद्ध भइरहेका हुन्थे। मैले युद्ध रोक्नको लागि कर प्रयोग गरें।'


अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको द्वन्द्वबारेमा पनि प्रतिक्रिया दिएका थिए। 'यदि हामीले भारत र पाकिस्तानलाई हेर्‍यौं भने तिनीहरू यो (युद्ध) को लागि तयार थिए। सात लडाकु विमानहरू खसालिएका थिए। तिनीहरू यसको लागि तयार थिए र तिनीहरू आणविक शक्ति हुन्,' उनले भने,' मैले भनेको सबै कुरा धेरै प्रभावकारी थियो। मैले भनेको सबै कुरा कर र व्यापारको बारेमा थियो।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले मध्यपूर्वका छिमेकी देशहरूलाई आफ्नो शत्रु नमानेको बताएका छन् । इरानका कदमहरू अमेरिकाविरुद्ध मात्र लक्षित रहेको अराघचीले ताएका छन्। इरान अखबारसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘क्षेत्रीय स्तरमा इरानले चालेका कदमहरू यस क्षेत्रका देशहरूप्रतिको शत्रुताले प्रेरित छैनन्। यी कदमहरू अन्य कारणहरूले गर्दा चालिएका हुन्। यी कारणहरूबारे सबै पक्षहरू सजग र जानकार छन्।’ द्वन्द्व समाप्त ...
: मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको ...
। संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतलाई ...
: रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण भएको छ । उक्त जहाजमा चार जना भारतीय नागरिक (नाविक) सवार थिए । कीभस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा चारमध्ये दुई जना भारतीय सुरक्षित रहेको, अन्य दुई ...
— जर्मनीको राजधानी बर्लिनमा शनिबार राति आयोजित प्रसिद्ध प्राइड फेस्टिवलका सहभागीमाथि एउटा भ्यान जाँदा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १६ जना घाइते भएका छन्। घटनापछि प्रहरीले उत्सव र त्यसअन्तर्गतको सांगीतिक कार्यक्रम तत्काल स्थगित गरेको छ। बर्लिन प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक जनाको पहिचान भएको जनाएको छ। ती व्यक्ति हाल फरार रहेका छन् र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम