मुख्य समाचार
एक महिना नपुग्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
एक महिना नपुग्दै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा

: फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले सोमबार राजीनामा दिएका छन्। प्रधानमन्त्रीको पदभार सम्हालेको एक महिना नपुग्दै उनले राजीनामा दिएका हुन्। लेकोर्नु पछिल्लो दुई वर्षमा पाँचौं फ्रान्सेली प्रधानमन्त्री हुन्।


नयाँ मन्त्रिपरिषद् घोषणा भएको केही घण्टापछि नै उनको राजीनामा आएको हो। लेकोर्नुले सोमबार बिहान राष्ट्रपति इमानुएल म्याक्रोनसँग लगभग एक घण्टा भेटघाट गरेका थिए। त्यसको केही समयपछि राष्ट्रपति कार्यालयले उनको राजीनामाको घोषणा गरेको थियो।

फ्रान्कोइस बायरोको सरकारको पतन पछि लेकोर्नुले २६ दिनअघि फ्रान्सको प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए। नयाँ मन्त्रिपरिषद्मा उनले बायरो सरकारका अधिकांश मन्त्रीहरूलाई कायम राखे र केही पदहरूमा नयाँ नियुक्तिहरू गरेका थिए। यसको सबै दलहरूले व्यापक आलोचना गरेका थिए।


लेकोर्नुको राजीनामापछि धेरै दलहरूले अब समयपूर्व चुनावको लागि आह्वान गरिरहेका छन्। केहीले राष्ट्रपति म्याक्रोनको राजीनामाको माग गरेका छन्।

यद्यपि, म्याक्रोले २०२७ मा आफ्नो कार्यकाल समाप्त हुनुभन्दा अघि राष्ट्रपति पद नछोड्ने स्पष्ट पारेका छन्। 'संसद भंग गर्नुहोस् वा राजीनामा दिनुहोस् - म्याक्रोनले दुई मध्ये एक रोज्नुपर्नेछ,' नेशनल र्‍याली पार्टीका वरिष्ठ नेता सेबास्टियन चेनुले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो। पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ। धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो। यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, ...
: मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा प्यारामोटर आक्रमणमा कम्तिमा २४ जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएको पिपुल्स डिफेन्स फोर्सका एक स्थानीय अधिकारीले बताएका छन्। यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो। उत्सवमा ...
: विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको छ। पछिल्ला वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको केही दिनअघि हजारौँ पर्यटक यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए । तर, तीव्र हिमपातले ...
: हिमाचल प्रदेशको बिलासपुरमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ​दुई बालबालिका , चार महिला र ९ पुरूष रहेको बिलासपुरका प्रहरी उपरीक्षक एसपी सन्दीप धवलले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनास्थलबाट स्थानीय र उद्धार टोलीले दुई बालबालिकासहित १८ जनालाई उद्धार गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ...
: क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भारत र पाकिस्तानबीच शान्ति ल्याएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरेका छन्। मंगलबार ओभल अफिसमा ट्रम्पसँगको द्विपक्षीय बैठकमा मार्क कार्नीले ट्रम्पलाई परिवर्तनकारी राष्ट्रपति भन्दै प्रशंसा गरे। 'तपाईं एक परिवर्तनकारी राष्ट्रपति हुनुहुन्छ। अर्थतन्त्रको रूपान्तरण, नेटो साझेदारहरूद्वारा रक्षा खर्चमा अभूतपूर्व प्रतिबद्धता, भारत र पाकिस्तानबाट अजरबैजान र आर्मेनियामा शान्तिको लागि प्रयासहरू र आतंकवादको शक्तिको ...