मुख्य समाचार
दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति
दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति

: शनिबार बिहानदेखि दार्जिलिङ पहाडी क्षेत्रमा निरन्तर परेको भारी वर्षाले ठूलो क्षति पुर्‍याएको छ। दार्जिलिङ उप-विभागीय अधिकारी रिचर्ड लेप्चाका अनुसार बाढी पहिरोमा परी अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अझैं बढ्ने अनुमान गरिएको छ।


भारी वर्षाले मिरिक र दुधिया बीचको फलामको पुलमा क्षति पुर्‍याएको छ। धेरै क्षेत्रमा घरहरू भत्किएका छन्। जिल्ला प्रशासन स्रोतका अनुसार धेरै दुर्गम ठाउँहरूबाट जनधनको क्षतिको पूर्ण जानकारी अझै प्राप्त भएको छैन।

दार्जिलिङ र सिक्किम देशको बाँकी भागबाट काटिएका छन्। उत्तर बंगालका नदीहरूले धेरै क्षेत्रहरू डुबानमा पारेका छन् जसले गर्दा हजारौं पर्यटक अलपत्र परेका छन्।


मुख्यमन्त्री ममता बनर्जीले पर्यटकहरूलाई धैर्य राख्न अपील गरेकी छिन् । एनडीआरएफ, एसडीआरएफ र राज्य प्रहरीका टोलीहरू राहत र उद्धार कार्यमा जुटेका छन्।

दार्जिलिङ जिल्ला प्रशासनले मिरिकमा नौ जना, सुकियापोखरीमा सातजना र बिजनबारीमा एकजनाको मृत्यु भएको जनाएको छ। साँझ दार्जिलिङ नजिकैको भग्नावशेषबाट एकजनाको शव निकालिएको थियो।

पहिरोका कारण राष्ट्रिय राजमार्ग बन्द समेत भएको छ।मिरिक-दुधिया नजिकै पुल भत्किँदा दार्जिलिङबाट सिलिगुडी जाने वैकल्पिक मार्ग पनि बन्द भएको छ। सिक्किम र कालिम्पोङ बीचको सञ्चार पनि अवरुद्ध भएको छ।

मौसम विभागले अलिपुरद्वार, कुचबिहार र जलपाईगुडीमा भारी वर्षा हुने चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा कुचबिहारमा १९०.२ मिमी, जलपाईगुडीमा १७२ मिमी र सिलगुडीमा १३४ मिमी वर्षा रेकर्ड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...