मुख्य समाचार
गाजामा युद्धविराम गर्न इजिप्टमा इजरायल-हमास अप्रत्यक्ष संवाद, बन्धक मुक्तिलाई प्राथमिकता
गाजामा युद्धविराम गर्न इजिप्टमा इजरायल-हमास अप्रत्यक्ष संवाद, बन्धक मुक्तिलाई प्राथमिकता

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा युद्ध अन्त्य योजना कार्यान्वयन गर्न इजरायल र हमासबीच इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा पहिलो प्राथमिकता बन्धक मुक्तिलाई दिइएको छ । इजिप्टको राज्य–सम्बद्ध सञ्चारमाध्यम अल–काहेरा न्युजका अनुसार सोमबारबाट सुरु वार्ता इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा भइरहेको हो । यो वार्ता मंगलबार पनि हुँदैछ ।


वार्तामा हमासका प्रतिनिधि र इजरायली अधिकारी सहभागी छन् । इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण गरिरहेका छन् । प्रारम्भिक चरणमा दुवै पक्षले बाँकी रहेका ४८ जना इजरायली बन्धकको रिहाइका लागि करिब २ हजार प्यालेस्टिनी कैदीहरूको साटासाटबारे छलफल थालेका छन् ।

तीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । 'दुवै पक्षबीच बन्धक छुटाउन लागि संयन्त्र तयार गर्न प्रयास भइरहेको छ,' अल–काहेरा न्यूजले उद्धृत गर्दै इजिप्टका एक अधिकारीले भने । उनका अनुसार हमासले बन्धकहरू समय अगावै मुक्त गरेपछि आˆनो प्रभाव गुम्ने चिन्ताले सावधानी अपनाइरहेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । 'हामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्‍याउने अपेक्षा गर्छौं, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायलसँग भनेका छन् ।

इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहूका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र गल हिर्श सहभागी छन्। मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिला मन्त्री रोन डर्मर वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ। प्रस्तावमा गाजामा रहेका इजरायली सेनालाई फिर्ता गर्ने विषय पनि छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको थियो ।

हृवाइट हाउसका मध्यपूर्व दूत स्टीभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँसमेत रहेका सल्लाहकार जारेड कुशनर बुधबार इजिप्ट पुग्नेछन्, ताकि दुवै पक्षमाथि दबाब सिर्जना गरी सम्झौतामा पुग्न सकियोस्।

इजिप्टका स्रोतहरूले हमासले इजरायलले बन्धक रिहा भएपछि सैनिक फिर्ता गर्ने ग्यारेन्टी मागिरहेको बताएका छन्। तर वार्तामा आपसी अविश्वास अझै गहिरो छ। एक प्यालेस्टिनी अधिकारीका अनुसार 'हमास र अन्य समूहहरूलाई डर छ, इजरायलले बन्धकहरू मुक्त भएपछि वार्ता तोड्न सक्छ।'



हमासले भने युद्धमैदानको अवस्थाका कारण युद्धविराम सुरु भएको ७२ घण्टाभित्र मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ, जुन कुरा ट्रम्पको योजनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम