मुख्य समाचार
लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु
लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु

— लामखुट्टेको टोकाइका कारण हुने जापानिज इन्सेफलाइटिसबाट चितवनमा थप एकजनाको मृत्यु भएको छ । भरतपुरको जनस्वास्थ्य कार्यालयले मंगलबार जारी गरेको विवरण अनुसार चितवनमा साउनयता हालसम्म जापानिज इन्सेफलाइटिसबाट १७ जना संक्रमित र ६ जनाको मृत्यु भएको छ ।


'पछिल्लो समयमा संक्रमितमध्ये खैरहनी नगरपालिकाकी ३९ वर्षीया महिलाको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको भन्ने सूचना छ,' जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रूपाखेतीले भने । उनको असोज १२ गते मृत्यु भएको हो । कार्यालयले असोज तीन गते जारी गरेको विवरणमा त्यो बेलासम्म जापानिज इन्सेफलाइटिसबाट चितवनमा कुल १६ जना संक्रमित र संक्रमितमध्ये पाँचजनाको मृत्यु भएको थियो । त्यसपछि एकजना संक्रमित थपिएका हुन् भने पुरानै संक्रमितमध्ये थप एक जनाको मृत्यु भएको हो ।

जापानिज इन्सेफलाइटिसबाट संक्रमित भएकामध्ये ३० प्रतिशतसम्मको मृत्यु पनि हुन सक्ने स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले निकालेको सचेतना प्रचार सामग्रीमा उल्लेख छ । तर चितवनमा योभन्दा बढी मृत्यु भएको छ । चितवनमा संक्रमितमध्ये ३५ प्रतिशतको मृत्यु भएको छ । संक्रमितमध्ये महिलाको संख्या धेरै छ । चितवनमा जापानिज इन्सेफलाइटिसबाट संक्रमित हुनेमा १० जना महिला र ७ जना पुरुष रहेका छन् ।

कसरी सर्छ जापानिज इन्सेफलाइटिस ?

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने मस्तिष्क संक्रमण हो । क्युलेक्स लामखुट्टेको टोकाइले मान्छेमा पनि यसको संक्रमण हुन्छ । क्युलेक्स लामखुट्टेले संक्रमित सुँगुर, बङ्गुर वा जंगली चराहरूलाई टोकेर मानिसलाई पनि टोक्दा यो रोग सर्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । साँझपख र झिसमिसे बिहानीमा यो लामखुट्टे बढी सक्रिय रहन्छ । धानखेत तथा स्थिर पानी भएको ठाउँ र पानी जमेको क्षेत्र तथा सुँगुर र हाँस फार्म नजिकको बस्ती जापानिज इन्सेफलाइटिसको जोखिम क्षेत्रहरू हुन् ।

मनसुन सुरु भएको साउनदेखि कात्तिकसम्म यो रोगको जोखिम बढ्छ । 'धानखेतको पानी सुकेसँगै कम हुँदै जान्छ । साउन, भदौ र असोज महिना उच्च जोखिममा रहन्छ । कात्तिकसम्मै विशेष ख्याल राख्नु पर्दछ,' भरतपुरको जनस्वास्थ्य कार्यालयका भेक्टर (किट) कन्ट्रोल निरीक्षक राम केसीले भने । ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र कमजोरी महसुस हुनु जापानिज इन्सेफलाइटिसका सामान्य लक्षणहरू हुन् ।

१०२ डिग्री फरेनहाइट भन्दा बढी उच्च ज्वरो आउनु, बेस्सरी टाउको दुख्नु, शरीरमा कम्पन हुनु, अर्धचेत वा बेहोस हुनु, शरीर कमजोर वा पक्षघात हुनु र कोमामा जानु यो रोगको गम्भीर लक्षण हो । गम्भीर अवस्थामा मस्तिष्कमा स्थायी प्रकारले क्षति भएर पक्षघात हुने र निधन पनि हुने गर्दछ । त्यसैले सामान्य लक्षण देखिएमा मान्यता प्राप्त स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी चिकित्सकको सल्लाहमा परीक्षण र उपचार प्रक्रिया सुरू गर्न भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले अपिल गरेका छन् ।



लामखुट्टेको टोकाइबाट जोगिनु र लामखुट्टे वृद्धि नहोस भन्नका लागि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिन पनि उनले सुझाव दिए । १५ वर्षमुनिका वालबालिका,धानबाली, सुँगुर, बङ्गुर र हाँस फार्म नजिकका बासिन्दा, कृषक तथा ग्रामीण क्षेत्रका मानिसहरू र यी क्षेत्रमा आउजाउ गर्नेहरू जापानिज इन्सेफलाइटिसको जोखिममा हुन्छन् ।

चितवनमा सवैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाभित्रका छन् । भरतपुरका सातजना, खैरहनीका चारजना, राप्ती र कालिकाका दुई दुईजना र माडी तथा रत्ननगर नगरपालिकाका एक-एकजना संक्रमित भएका छन् । मृत्यु हुनेमध्ये भरतपुर र राप्तीका दुई-दुई जना र खैरहनी र कालिका नगरपालिकाका एक-एक जना रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

संक्रमितमध्ये तीन जना १५ वर्षमुनिका, पाँचजना १५ देखि ६० वर्षसम्मका र ९ जना ६० वर्षभन्दा माथिको उमेरका छन् । त्यसैगरी निधन हुनेमा ७० वर्षका दुई जना छन् । ८९, ८१, ४२ र ३९ वर्षका एक-एक जनाको निधन भएको छ । लामखुट्टेको टोकाइबाट जोगिनु यस रोगबाट जोगिने उपाय हो । यसका साथै यसको खोप पनि छ । संक्रमितमध्ये १५ जनाले खोप नै नलगाएको पाइएको थियो भने दुईजनाले खोप लगाए नलगाएको प्रस्ट नभएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल भुइँमा खसेका थिए ...
स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले सेभियामाथि जित हासिल गरेको छ
: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णलाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ।
औषधि व्यवस्था विभाग वीरगन्ज शाखाले यसै साता जनकपुर, महेन्द्रगनर, ढल्केवर, वीरेन्द्रबजार, मलङ्गवा लगायतका स्थानमा गरेको अनुगमनका क्रममा दर्ता नै नगरी सन्चालन गरिएका जनकपुरका चार औषधि पसलमा शिलबन्दी गरेको छ ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपीशर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम