मुख्य समाचार
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी
युद्धविराम गर्न इजिप्टमा इजरायल–हमासबीच अप्रत्यक्ष संवाद जारी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा युद्ध अन्त्यका लागि प्रस्ताव गरेको युद्धविराम योजना कार्यान्वयन गर्न इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच सोमबारदेखि इजिप्टमा सुरु भएको अप्रत्यक्ष वार्तामा बन्धकहरूको रिहाइलाई प्राथमिकता दिइएको छ ।


इजिप्टको सरकारी सञ्चार संस्था अल–काहेरा न्युजका अनुसार इजिप्टको पर्यटकीय सहर शरम अल–शेखमा सोमबारबाट इजरायल र हमासबीच अप्रत्यक्ष वार्ता सुरु भएको छ । वार्तामा हमासका प्रतिनिधिहरू र इजरायली अधिकारीहरू सहभागी छन् ।

इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले छलफलमा सहजीकरण भूमिका निर्वाह गरिरहेका छन् । वार्तामा ट्रम्पको युद्धविराम योजनामा प्रस्ताव गरिए जस्तै पहिलो चरणअन्तर्गत युद्धविराम सम्झौता भएको ७२ घण्टाभित्र हमासले बाँकी रहेका ४८ जना बन्धकलाई मुक्त गर्ने र त्यसको बदलामा इजरायलले करिब २ हजार प्यालेस्टिनी कैदीहरूको रिहाइका विषयमा सोमबार र मंगलबार छलफल भएको इजिप्टका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्यालेस्टिनी कैदीमध्ये २५० जना आजीवन कारावास सजाय पाएका छन् । हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । ‘दुवै पक्षबीच बन्धक छुटाउनका लागि संयन्त्र तयार गर्ने प्रयास भइरहेको छ,’ इजिप्टका एक अधिकारीलाई उद्धृत गर्दै अल–काहेरा न्युजले लेखेको छ । हमासले भने ७२ घण्टाभित्र ४८ जनामध्ये मारिएका बन्धकहरूको शव फिर्ता ल्याउन कठिन हुने बताएको छ ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् । इजरायल र हमास दुवैले ट्रम्पको प्रस्तावमा अनौपचारिक रूपमा सहमति जनाइसकेका छन् । योसँगै नेपाली विद्यार्थी जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक

गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ मध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले वार्ता सुरु भएको पुष्टि गर्दै इजरायल ‘सबै सम्भावनाका लागि तयार’ रहेको जनाएको छ । ‘हामी सबै परिस्थितिका लागि तयार छौं र वार्ता सफलतापूर्वक टुंगोमा पुर्‍याउने अपेक्षा गर्छौं,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले टाइम्स अफ इजरायललाई भने । वार्तामा सहभागी इजरायली टोलीमा मोसाद र शिन बेटका अधिकारीहरू, नेतान्याहुका परराष्ट्र नीति सल्लाहकार ओफिर फल्क र बन्धक समन्वयक गल हिर्स छन् । मुख्य वार्ताकारको भूमिकामा रहेका रणनीतिक मामिलामन्त्री रोन डर्मर भने वार्ताको प्रगतिअनुसार यसै साताभित्र सहभागी हुने बताइएको छ ।



ट्रम्पको युद्धविराम प्रस्तावमा इजरायली सेनालाई क्रमशः गाजाबाट फिर्ता गर्ने पनि उल्लेख छ । जसलाई हमासले गत साता सर्तसहित स्वीकार गरेको छ । रिपोर्टका अनुसार इजरायल र हमासमाथि सम्झौताका लागि दबाब सिर्जना गर्न ह्वाइट हाउसका मध्यपूर्व दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जारेड कुशनर बुधबार इजिप्ट जाँदै छन् ।

इजिप्टका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै हमासले इजरायलसँग बन्धक रिहा भएपछि सैनिक फिर्ता गर्ने ग्यारेन्टी मागिरहेको जनाएका छन् । तर दुवै पक्षमा चरम अविश्वास रहेको एक प्यालेस्टिनी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । ‘वार्तामा दुवै पक्षबीच चरम अविश्वास छ । हमास र अन्य समूहहरूलाई डर छ, इजरायलले बन्धकहरू मुक्त भएपछि वार्ता तोड्न सक्छ’, ती अधिकारीको भनाइ छ ।

कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सोमबारबाट सुरु भएको वार्तामा गहन र सावधानीपूर्वक छलफल भएको बताए । ‘सम्झौतामा बाँकी रहेका अवरोधहरू पहिचान गर्ने लक्ष्य छ । जसले सबै पक्षहरू सम्झौतामा पुग्ने दिशामा अग्रसर छन् भन्ने देखाउँछ’ उनले बुधबार दोहामा पत्रकारहरूसँग भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ। साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने ...
। इराकका विदेश मन्त्री फुआद हुसेन र सऊदी अरबका विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल सऊदीले शनिबार बिहान फोनमा कुराकानी गरेका छन्। इराकी क्षेत्रबाट सऊदीको ईस्ट-वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको थियो। उक्त आक्रमणपछि दुवै देशका विदेश मन्त्रीहरूले आपतकालीन संवाद गरेका हुन्। क्षेत्रमा विकसित हालैको घटनाक्रम र साझा चासोका विषयमा दुवै नेताबीच विस्तृत छलफल भएको ...
। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व-पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। बिहीबार भएको ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार पाइपलाइनमा बिहीबार धेरै पटक ...
। चाइना साउदर्न एयरलाइन्सले ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । चाइना साउदर्न शनिबार ग्वाङ्झाउ–नयाँदिल्ली नियमित यात्रुवाहक उडान सेप्टेम्बर २१ (५ असोज) देखि पुनः सञ्चालन गर्ने घोषणा गरेको हो । विगत छ वर्षदेखि रोकिएको चाइना साउदर्न एयरलाइन्सको ग्वाङ्झाउ–नयाँदिल्ली उडान सेवा पुनः सञ्चालन हुन लागेको ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई)ले जनाएको छ । उडान सेवा ...
। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीमा भेट भएको छ। भेटमा उनीहरूले व्यापार, ऊर्जा र रक्षाबारे छलफल गरेका छन्। राष्ट्रपति पुटिन भोलिदेखि सुरू हुने ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आएका हुन्। मस्को नयाँ दिल्लीको सबैभन्दा महत्वपूर्ण रणनीतिक साझेदार र सैन्य आपूर्तिकर्ता हो। भारतीय मिडियामा दुवै नेता नयाँ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम