मुख्य समाचार
सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी
सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

— सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि सात वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०८९’ नाम दिइएको छ ।


ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । बोलकबोल अनलाइन प्रणालीमार्फत पेस गर्नुपर्नेछ ।

ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ ।

यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले डेढ अर्ब रुपैयाँभन्दा धेरै अग्रिम भुक्तानी दिएका छन् । बीमा प्राधिकरणको निर्देशन अनुसार बीमा कम्पनीले उक्त रकम अग्रिम भुक्तानी दिएका हुन् । २३ र २४ भदौमा भएको जेजजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिन प्राधिकरणले निर्देशन दिएको थियो । सोही ...
। मनास्लु हिमाल आरोहीबाट १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस वर्ष हिमाल आरोहणका लागि अनुमति लिएका ३७४ जनाबाट ११ लाख २२ हजार अमेरिकी डलर अर्थात् १५ करोड ७६ लाख ४० हजार १९५ रुपैयाँ राजस्व संकलन भएको पर्यटन विभागले जनाएको छ । आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस वर्ष ३१ ...
। नेपाल राष्ट्र बैंकले क्यासिनो लगायत संस्थालाई विदेशी विनिमय कारोबार गर्दा लाइसेन्स अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले ती संस्थालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ अनुसार अनुमति लिएर मात्रै विदेशी मुद्रा कारोबार गर्न निर्देशन दिएको हो । ऐनको दफा ३ बमोजिम विदेशी विनिमय कारोबार गर्न राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) लिएर विदेशी विनिमय कारोबार गर्नुपर्ने ...
: यसपालीको दशैँमा सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोका बिक्री गत वर्षको तुलनामा घटेको छ। लगातारको वर्षा, बाढी–पहिरोका कारण खसीबोकाको आपूर्ति र बिक्री दुवैमा असर परेको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए। उनका अनुसार असोज महिनाभर अविरल वर्षा परेपछि पहाडी जिल्लाबाट ल्याइने खसीबोकाको ढुवानीमा कठिनाइ भएको हो।। ʻगाउँठाउँबाट ल्याइने खसी सडक ...
— भारतले क्षेत्रीय स्तरमा भारतीय मुद्राको कारोबार विस्तार गर्न थालेको छ । भारत सरकारको उक्त नीति कार्यान्वयन गर्न भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले व्यापारिक उद्देश्यका लागि छिमेकी देश नेपाल, भुटान र श्रीलंकाका व्यक्ति, कम्पनी र बैंक तथा वित्तीय संस्थालाई अन्तरदेशीय व्यापारसम्बन्धी कामका लागि भारतीय मुद्रामा ऋण दिन सकिने व्यवस्था गरेको बताइएको छ । भारतले ...