: हिमाचल प्रदेशको बिलासपुरमा पहिरोमा बस पुरिदा १५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका , चार महिला र ९ पुरूष रहेको बिलासपुरका प्रहरी उपरीक्षक एसपी सन्दीप धवलले जानकारी दिएका छन्। उनका अनुसार दुर्घटनास्थलबाट स्थानीय र उद्धार टोलीले दुई बालबालिकासहित १८ जनालाई उद्धार गरेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेका परिवार र घाइतेहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले भनेका छन्, 'हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा भएको ज्यान गुमाउनुपरेकोमा म दुःखी छु। यस कठिन समयमा दुर्घटनाबाट प्रभावित व्यक्तिहरू र उनीहरूका परिवारप्रति मेरो समवेदना।'
प्रधानमन्त्री राष्ट्रिय राहत कोषले प्रत्येक मृतकको परिवारलाई २ लाख रुपैयाँ र घाइतेलाई ५०,००० रुपैयाँ क्षतिपूर्ति प्रदान गर्नेछ।