मुख्य समाचार
सगरमाथा नजिकैको तिब्बती क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार
सगरमाथा नजिकैको तिब्बती क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार

: विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको छ।


पछिल्ला वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको केही दिनअघि हजारौँ पर्यटक यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।



तर, तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए ।


बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पुर्‍याएका छन् ।

सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजमा समुद्री माइनमा ठोक्किएर एक तेल ट्यांकरमा आगलागी भएको छ । इरानी समाचार संस्थाका अनुसार ट्यांकर तेहरानले तोकेको समुद्री मार्ग छाडेर अर्को बाटोबाट गुज्रिरहेको तेल ट्यांकर बारूदी सुरङ (नेभल माइन)मा ठोक्किएको थियो । इरानले यसअघि पनि आफ्ना अधिकारीहरूले निर्धारण गरेको मार्गभन्दा बाहिरबाट जहाज सञ्चालन गरे त्यसको जिम्मेवारी सम्बन्धित जहाज स्वयंले लिनुपर्ने चेतावनी दिँदै ...
। इरानका विदेशमन्त्री अब्बास अराघचीले इरानले मध्यपूर्वका छिमेकी देशहरूलाई आफ्नो शत्रु नमानेको बताएका छन् । इरानका कदमहरू अमेरिकाविरुद्ध मात्र लक्षित रहेको अराघचीले ताएका छन्। इरान अखबारसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘क्षेत्रीय स्तरमा इरानले चालेका कदमहरू यस क्षेत्रका देशहरूप्रतिको शत्रुताले प्रेरित छैनन्। यी कदमहरू अन्य कारणहरूले गर्दा चालिएका हुन्। यी कारणहरूबारे सबै पक्षहरू सजग र जानकार छन्।’ द्वन्द्व समाप्त ...
: मध्यस्थहरूले इरान र अमेरिकाबीच कूटनीतिक वार्ता अघि बढाउने प्रयास गरिरहेका बेला, युद्ध र वार्ताको अवस्थालाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा इरान सरकार र सरकारी टेलिभिजन (आइआरआइबी) बीच सार्वजनिक मतभेद देखिएको छ । शुक्रबार सरकारी सूचना परिषद्ले राष्ट्रपति मसुद पेजेशकियनले यसै साता दिएको भाषणका केही महत्वपूर्ण अंश प्रसारण नगरेको भन्दै सरकारी प्रसारक आइआरआइबीमाथि ‘सेन्सरशिप’ गरेको ...
। संयुक्त राज्य अमेरिकाको सेनाले इरानमाथिको सैन्य कारबाही रोकेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आक्रमण रोक्नुको कारणबारे विभिन्न सञ्चारमाध्यमले फरक–फरक विवरण दिएका छन् । सीएनएनले पेन्टागनका एक स्रोतलाई उद्धृत गर्दै अमेरिकी सैन्य कारबाही रोकिएको जनाएको छ । यद्यपि, उक्त कारबाही कति समयका लागि रोकिएको हो भन्नेबारे स्रोतले स्पष्ट पारेको छैन । सीबीएस न्युजले दुई क्षेत्रीय स्रोतलाई ...
: रुस–युक्रेन युद्धका बीच काला सागर (ब्ल्याक सी) क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमण रोकिएको छैन । युक्रेनको प्रमुख बन्दरगाह सहर ओडेसामा शनिबार मर्चेन्ट जहाज एम एजीएन राग्रारमाथि अर्को आक्रमण भएको छ । उक्त जहाजमा चार जना भारतीय नागरिक (नाविक) सवार थिए । कीभस्थित भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा चारमध्ये दुई जना भारतीय सुरक्षित रहेको, अन्य दुई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम