: रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ। स्वीडेनको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले बुधबार पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिने घोषणा गरेको हो।
पुरस्कार सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई प्रदान गरिएको छ।
धातु जैविक ढाँचाको विकासका लागि यो पुरस्कार दिइएको हो।
यसअघि मंगलबार भौतिकशास्त्रको क्षेत्रमा योगदान दिएको भन्दै वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट, जोन मार्टिनिसलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो।
शरीर विज्ञान र चिकित्सा क्षेत्रमा नोबेल समितिले मेरी ई. ब्रुन्को, फ्रेड राम्सडेल र शिमोन साकागुचीलाई नोबेल पुरस्कार घोषणा गरेको छ।