। जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् ।
आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याए ।
‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय राजनीतिक पार्टी गठन अपरिहार्य छ,’ भेलामा शहिद परिवारका एक सदस्यले भने ।
जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनीहरूको भनाइ छ ।
ाजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरूले बताएका छन् ।
उनीहरूले सरकारले तुरुन्तै शहीदहरूको सपना र घाईतहरूको माग सम्बोधन गर्नुपर्ने पनि बताए ।
भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरूले माग गरे ।
‘भाइ फुटे गोबार लुटे अवस्था अब नबनोस्, हामी सबै एकजुट हुनुपर्ने आवश्यकता छ,’ अर्का एक सहभागीले भनेका छन् ।
जेन जीको समूह फरक—फरक भएको भन्दै उनीहरूले एकजुट हुन पनि आग्रह गरे ।
जेन जी आन्दोलनका उपलब्धीहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।