मुख्य समाचार
मन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताए
मन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताए

। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो विश्वव्यापी परिवेशमा हुलाक सेवाको आवश्यकता झनै बढेको बताएका छन् ।

१५१औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागले आज आयोजना गरेको कार्यक्रममा उनले हुलाक सेवालाई समयानकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

‘हुलाकको आवश्यकता र सार्थकता घटेको छैन’, मन्त्री खरेलले भने, ‘हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसयिक बनाउनुपर्छ ।’

सरकार हुलाक सेवाको व्यावसायिकीकरण गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले यसबाट मात्रै हुलाक सेवाको विश्वव्यापी पहुँच अभिवृद्धि गर्न सकिने बताए ।

‘स्थानीय तह र समुदाय, परिवार र व्यक्तिको तहसम्म हुलाक सेवा पुर्‍याउनुपर्छ । विश्वको जुनसुकै देशमा रहेका नेपालीका बीचमा हुलाक सेवाको पहुँच हुनुपर्छ’, मन्त्री खरेलले भने । उनले हुलाक सेवालाई सुदृढ बनाउन मन्त्रालय सदैव सकारात्मक रहेको उल्लेख गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकास र सरकारका केही नीतिका कारण हुलाक सेवा केही ओझेलमा परे पनि यसको महत्व नघटेको बताए । उनले भने, ‘सूचना प्रविधिको प्रयोगमामार्फत् ‘स्मार्ट हुलाक’ बनाउनेतर्फ लाग्नुपर्छ ।’

विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक सेवालाई ‘स्मार्ट’ बनाएर नागरिकको घरदैलोमा पुग्ने सपना पूरा गर्न स्रोतसाधनको उचित प्रबन्ध गरिदिन सरकारसँग आग्रह गरे ।

सो अवसरमा मन्त्री खरेलले नेपाली क्रिकेट टोली ९महिला र क्वालिफाइड यु–२००, महोत्तरीको महिटहानीस्थित लक्ष्मीनारायण मन्दिर, मुस्ताङको लोमान्थाङस्थित सिजा झोङ गुफा र शिक्षाविद् डा हर्कबहादुर बुढा मगरको तस्बीर अङ्कित टिकटमा टाँचा लगाएका थिए ।

कार्यक्रममा ‘फिलाटेलिक’, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरिएको थियो ।

दिवसका अवसरमा विभाग परिसरमा विभिन्न हुलाक टिकट प्रदर्शन गरिएको थियो । ‘नागरिकका लागि हुलाक, स्थानीय सेवा र विश्वव्यापी पहुँच’ भन्ने नाराका विश्वव्यापी रुपमा आज विश्व हुलाक दिवस मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नो मातहतका तीन निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठयक्रम विकास केन्द्रमा बुधबार छलफल गरी उनले निर्देशन दिएका हुन् । मन्त्री पुनले नास्टलाई एक साताभित्र उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव दिने निर्देशन दिए ...
। प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् । वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जन हटाइएर उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको हो । यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो । डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही बताएको छैन ।
। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशनको प्रस्ताव गरेका हुन् । जेनजी आन्दोलनपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जानुपर्ने बताउँदै आएका थिए । तर, आजको बैठकमा भने महामन्त्री थापाले मंसिरमै नियमित महाधिवेशन गर्नेगरी अघि बढ्ने प्रस्ताव ...
। गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ । बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ । ‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा ...
। जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरूको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् । आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंस्थित एक होटलमा आयोजित राष्ट्रिय भेलामा उनीहरूले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याए । ‘चाँडोभन्दा चाँडो हामीले जेनजी समूह जम्मा भएर राष्ट्रिय राजनीतिक पार्टी गठन अपरिहार्य छ,’ ...