मुख्य समाचार
ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी
ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी

। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् ।

भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे ।

‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भनेका छन्, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’

संसद् भंग नभए देशमा जेनजीले आगो बाल्छ भनेर चेतावनी दिएको समेत उनको भनाइ थियो ।

‘संसद् तुरुन्तै शपथ गरेर तुरुन्तै संसद् भंग गर्ने सिफारिस गर्छु । त्यो सिफारिस लागू गर्नुपर्छ, संसद् भंग गर्ने भए मात्रै प्रधानमन्त्री हुन्छु, नत्र देशमा जेनजीले आगो बाल्छ,’ ओलीले भने ।

उनले पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्न नमिल्ने जिकिर गरे ।

‘संसद् भंग गर्ने पूर्वशर्त राखेर सर्वोच्च प्रतिनिधि संस्थाको अन्त्य, लोकतन्त्रको जग भत्काउने शर्तमा सुशीला कार्कीजी प्रधानमन्त्री हुनुभयो । उहाँलाई राम्ररी थाहा छ, नेपालको संविधानको उहाँ व्याख्या गरेर आउनुभएको व्यक्ति हो,’ उनले भने ।

उनले प्रधानमन्त्री हुनकै लागि कार्की २४ गते दिउँसो नै सडकमा उत्रिएको बताए ।

‘के के व्याख्या गर्नुभयो छाडिदिउँ । तर, नेपालको संविधानले प्रष्ट भन्छ, पूर्व न्यायाधीश, प्रधानन्यायाधीश भएको व्यक्ति कुनै पनि सरकारी पदमा बस्नै सक्दैन, प्रधानमन्त्रीमा त कुरै छाडिदिउ,’ ओलीको भनाइ छ, ‘तर, उहाँ सुरिनुभयो । तयो सुरिनका लागि उहाँ २३ गते जेनजी भनेर सडकमा उत्रनुभयो । २४ गते सडकमा उत्रनुभयो र के कामका लागि उत्रनुभयो ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा ...
। बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ। किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा ...
। इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।
। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयमा जलाइएका गाडीहरू संघीय संसद् भवन परिसरमा लगेर राखिएको छ । केही दिनदेखि नै जलेका गाडीहरू संसद् भवन परिसरको चौरमा लगेर राखिएको छ । संसद्सहित काठमाडौंका धेरै कार्यालयमा सवारीहरू जलेका थिए । अहिले ती कार्यालयहरूबाट जलेका गाडीहरू संसद भवनमा लगेर स्टोर गरिएको छ । के ...
। संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थालेको छ । भिजिट भिसाका प्रमुख गन्तव्य मुलुक बनेको यूएईले भिजिट भिसामा नेपालीलाई कडाइ गरेको छ । जसले गर्दा भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गिरोहहरूको गन्तव्य फेरिन थालेको हो । यूएईलाई डेस्टिनेशन बनाउँदै आएका गिरोहहरूले यतिबेला कतार तथा ओमानलाई नयाँ गन्तव्यको रूपमा प्रयोग गर्न ...