मुख्य समाचार
उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दशैं पछि सञ्चालनमा
उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दशैं पछि सञ्चालनमा

। गत भदौ ३१ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको उत्तरी कोरलानाकास्थित न्हेचुङको भन्सार कार्यालय दशैं पछि आजदेखि सञ्चालनमा आएको छ । गत असोज १३ गते कर्मचारी दशैं मनाउन घर गएपछि कार्यालय बन्द थियो ।

कार्यालयमा निकासी तथा पैठारीकर्ता मालवस्तु धनीका अख्तियार प्राप्त प्रतिनिधि उपस्थित नहुँदा मालवस्तु जाँचपासलगायतका काम सुरु नभएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

दशैंमा बिदा हुँदा चीनबाट आयात गरिएका मालवस्तु तथा विद्युतीय कार न्हेचुङ भन्सारमा जाँचपासका लागि रोकिएका छन् । नाकाबाट मालवस्तु आयात गरी मालवाहक र विद्युतीय कारहरु जम्मा भएको सूचना प्राप्त भएको भन्सार प्रमुख खड्काले बताए ।

कोरलानाकाबाट दशैं अघिसम्म रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको थियो । त्यस अवधिसम्म कोरलानाकाबाट भित्रिएका एक हजार १०९ वटा विद्युतीय कारमध्ये ९६५ वटा विद्युतीय कारको भन्सार जाँचपास भई गन्तव्यमा पुगिसकेका छन् ।

यसैगरी चिनियाँ मालवस्तु ढुवानी गरिएका ३७५ वटा मालवाहकको भन्सार जाँचपास भएको छ । यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालय उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै खुल्ला हुँदा थोरै मात्र राजस्व सङ्कलन हुने गरेको थियो।

गत साउन, भदौमा रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि भन्सार विभागले कोरलानाकालाई प्रयोगमा ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए । बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा ...
। बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ। डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ। किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा ...
। इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।
। गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार लगायत विभिन्न सरकारी कार्यालयमा जलाइएका गाडीहरू संघीय संसद् भवन परिसरमा लगेर राखिएको छ । केही दिनदेखि नै जलेका गाडीहरू संसद् भवन परिसरको चौरमा लगेर राखिएको छ । संसद्सहित काठमाडौंका धेरै कार्यालयमा सवारीहरू जलेका थिए । अहिले ती कार्यालयहरूबाट जलेका गाडीहरू संसद भवनमा लगेर स्टोर गरिएको छ । के ...
। संयुक्त अरब ईमिरेट्स (यूएई) भिजिट भिसामा कडाइ गरेसँगै नेपालीहरूको गन्तव्य फेरिन थालेको छ । भिजिट भिसाका प्रमुख गन्तव्य मुलुक बनेको यूएईले भिजिट भिसामा नेपालीलाई कडाइ गरेको छ । जसले गर्दा भिजिट भिसामा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउने गिरोहहरूको गन्तव्य फेरिन थालेको हो । यूएईलाई डेस्टिनेशन बनाउँदै आएका गिरोहहरूले यतिबेला कतार तथा ओमानलाई नयाँ गन्तव्यको रूपमा प्रयोग गर्न ...