मुख्य समाचार
युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त
युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त

। विश्वकै सबैभन्दा चर्चित तथा धनी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

उनका अनुसार यदि एआई टूलहरुले मानिसले जत्तिकै वा त्यो भन्दापनि उत्कृष्ट गुणस्तरको भिडियो बनाउन थालेमा आगामी दिनमा यो युट्युब क्रियटरहरुको भविष्यका लागि ठूलो खतरा बन्न सक्दछ ।

मिस्टर बिस्टले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्ः एआईबाट तयार पारिएका र वास्तविक भिडियोको बीचमा फरक छुट्टाउन कठीन बनिसकेको छ । यसले कन्टेन्ट क्रियटरहरु र उनीहरुको आम्दानी दुबैको लागि विनाशकारी स्थिति पैदा गर्न सक्दछ ।

ओपन एआईले आफ्नो अत्याधुनिक भिडियो जेनेरेसन टूल क्यचब द्द लञ्च गरेसँगै युट्युबर मिस्टर बिस्टको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

सोरा टू अहिले आइओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ । यो टूलको सहयोगमा प्रयोगकर्ताहरुले शव्दहरु मात्र लेखेर त्यसबाट निकै वास्तविक जस्तो देखिने भिडियोहरु बनाउन सक्दछन्।

उता फेसबुकको मातृ कम्पनी मेटाले पनि आफ्नो प्लाटफर्ममा AI-Only Feed सुरु गरेको छ, जसमा केवल एआईबाट बनाईएका पोस्ट तथा भिडियोहरु देखाइनेछ ।

विज्ञहरुका अनुसार यस प्रकारका प्रविधिहरुले युट्युब सामाग्री, कपिराइट सम्बन्धी अधिकार तथा सिर्जनात्मक पेशाहरुलाई गहन रुपमा प्रभावित गर्न सक्दछ ।

रोचक त के भने मिस्टर बिस्ट स्वयंले यसअघि एआईको प्रयोग गरिसकेका छन् । उनले आफ्नो प्लाटफर्म ViewStats मा एआई थम्बनेल जेनेरेटर लन्च गरेका थिए । यसबाट क्रियटरहरुले केही सेकेण्डमै आकर्षक थम्बनेल बनाउन सक्दथे ।

तर उक्त एआई टूलका विषयमा विवाद भयो । कतिपय मानिसहरुले उक्त टूलका कारण ग्राफिक डिजाइनरहरुको जागिरमा खतरा बढ्ने चिन्ता व्यक्त गरे । बढ्दो विरोध तथा प्रयोगकर्ताहरुको प्रतिक्रियाहरुपछि मिस्टर बिस्टले उक्त टूल बन्द गर्ने निर्णय गरेका थिए ।

मिस्टर बिस्टका अनुसार एआई एक उपयोगी टूल हो । तर यसले मानवीय सिर्जनशीलता तथा वास्तविक कलाकारको स्थान लिन सक्दैन ।

यदि यस प्रविधिमा नियन्त्रण कायम गर्न नसकिएमा युट्युब क्रियटरहरुको अस्तित्व र उनीहरुको आम्दानी दुबै खतरामा पर्नसक्ने उनको चिन्ता छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले आन्तरिक नियम उल्लंघन गरेको आरोपमा आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको छ। कम्पनीका प्रवक्ताले अनुसन्धानका क्रममा ती व्यक्तिहरूले कम्पनीले तय गरेका प्रक्रियाबाहिर संवेदनशील जानकारीको दुरुपयोग गरेको, कम्पनीका नीतिहरू उल्लंघन गरेको र आफ्नो सञ्चालनका लागि आवश्यक विश्वास कमजोर बनाएको पुष्टि भएको बताएका छन्। ओपनएआईले ती अनुसन्धानकर्ताहरूले कुन जानकारी प्राप्त गरेका थिए वा त्यसको कसरी ...
। मेटाका सीईओ मार्क जुकरबर्गले आफ्ना प्रतिस्पर्धी कम्पनी एप्पलमाथि कटाक्ष गर्दै ‘म्युज चार्म’ नामको नयाँ एआई डिभाइस सार्वजनिक गरेका छन्। स्टिभ जब्सको शैलीमा आयोजित मेटाको वार्षिक ‘मेटा कनेक्ट’ सम्मेलनमा पकेट वाच आकारको यो नयाँ ग्याजेट प्रस्तुत गरिएको हो । जसले मेटाको भाइरल एआई एजेन्ट ‘म्युज’लाई भौतिक रूपमा मानिसको हातसम्म पुर्‍याउनेछ। ग्याजेटको मद्दतले प्रयोगकर्ताहरूले स्मार्टफोनका एआई एपहरू ...
। अमेरिकी एआई कम्पनीहरू एन्थ्रोपिक र ओपनएआईले मंगलबार एकै दिन नयाँ, सस्तो एआई मोडलहरू सार्वजनिक गरेका छन्। दुवै कम्पनीका कार्यकारीहरूले केही दिनअघि मात्र एआई विकासमा ढिलाइ र कडा सुरक्षा उपायको आह्वान गरेपछि नै यो मोडल सार्वजनिक गरेका हुन्। एन्थ्रोपिकले क्लड ओपस ५.५ सार्वजनिक गरेको छ, जसले कम्पनीको फ्ल्यागसिप मोडल क्लड फेबल ५.१ जस्तै पर्फमेन्स दिने र अघिल्लो ...
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले सबैभन्दा उन्नत एआईको विकास केही समयका लागि सुस्त बनाउनुपर्ने प्रस्तावलाई समर्थन गरेका छन् । साथै उनले मानवताको सुरक्षा आवश्यक परे ओपनएआईले आफ्ना सबै जीपीयू पगाल्न समेत तयार रहेको समेत बताएका हुन् । यद्यपि यो अवस्था आउने कुरा एउटा हाइपोथेसिस मात्र रहेको उनले बताएका छन् । अल्टम्यानले एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो ...
। एआई कम्पनी एन्थ्रोपिकले आफ्नो एआई सेवा क्लडको दुरुपयोग गरी साइबर हमला, सूचना हेरफेर, निगरानी, ठगी र प्रतिस्पर्धी एआई मोडल विकास गर्ने काम भएको दाबी गरेको छ। कम्पनीले सार्वजनिक गरेको ‘डिटेक्टिङ एन्ड काउन्टरिङ मिसयुज अफ एआई : सेप्टेम्बर २०२६’ रिपोर्टमा पछिल्ला ८ महिनामा पत्ता लगाइएका र अवरुद्ध गरिएका विभिन्न गतिविधिको विवरण सार्वजनिक गरेको हो। रिपोर्टमा समेटिएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम